४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

संसद्मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?

संसद्मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?
फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा निर्वाचन क्षेत्र नं १ र बाजुरा निर्वाचन क्षेत्र नं १ मा मतगणना जारी छ ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार हालसम्म नेपाली कांग्रेस ५५ स्थानमा विजयी भई ठूलो दल बनेको छ । नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सात/सात र लोकतान्त्रिक समाजवादी पार्टी चार स्थानमा विजयी भएका छन् ।

यस निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक/एक स्थान तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

मतगणना चलिरहेको स्याङ्जा र बाजुरामा कांग्रेस तथा दोलखामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन् । आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट विश्वप्रकाश शर्मा, दीपक खड्का, सीता गुरुङ, डिगबहादुर लिम्बु, सुनीलकुमार शर्मा, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, डा नारायण खड्का, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रामकृष्ण यादव, महेन्द्रकुमार यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, पूर्णबहादुर तामाङ र श्याम घिमिरे निर्वाचित हुनुभएको छ । मोहन आचार्य, रामनाथ अधिकारी, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, उदयशम्शेर राणा, मोहनबहादुर बस्नेत, राजेन्द्र बजगाइँ, टेकबहादुर गुरुङ, रामचन्द्र पौडेल, शङ्कर भण्डारी, राजु थापा र शशाङ्क कोइराला विजयी हुनुभएको छ ।

यस्तै विष्णुकुमार कार्की, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, दिक्पालकुमार शाही, पूर्णबहादुर खड्का, हृदयराम थानी, पुष्पबहादुर साह, वीरबहादुर बलायर, डिल्लीराज पन्त, दीलेन्द्रप्रसाद बडू, शेरबहादुर देउवा, नारायणप्रकाश साउद र रमेश लेखक निर्वाचित हुनुभएको छ ।

नेकपा (एमाले)बाट योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, महेश बस्नेत, सुवासचन्द्र नेम्वाङ, देवराज घिमिरे, लालप्रसाद साँवा लिम्बू, केपी शर्मा ओली, राजेन्द्रकुुमार राई, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो (महासेठ), रघुवीर महासेठ, लक्ष्मी महतो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह र राजकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।

यसैगरी कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, महेशकुमार बर्र्तौला, पृथ्वीसुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल वैरागी, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विष्णुप्रसाद पौडेल, वासुदेव घिमिरे, बलराम अधिकारी मङ्गलप्रसाद गुप्ता, सूर्यबहादुर थापा क्षेत्री, सूर्यप्रसाद ढकाल, दामोदर भण्डारी र तारा लामा तामाङ विजयी हुनुभएको छ ।

माओवादी केन्द्रका तर्फबाट सुदन किराँती, अमनलाल मोदी, रामकुमार राई, महिन्द्र राय यादव, लेखनाथ दाहाल, हितबहादुर तामाङ, सूर्यमान तामाङ (दोङ), माधव सापकोटा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीमगर, वर्षमान पुन, रेखा शर्मा, महेन्द्रबहादुर शाही, छिरिङ डम्डुल लामा (भोटे), शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा हुनुहुन्छ ।

एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, शेरबहादुर कुँवर, भानुभक्त जोशी र प्रेमबहादुर आले, जसपाबाट अशोककुमार राई, नवलकिशोर साह सुँडी, राजकिशोर यादव, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रामसहायप्रसाद यादव र प्रदीप यादव निर्वाचित हुनुभएको छ ।

राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन, दीपकबहादुर सिंह, विक्रम पाण्डे, दीपक बोहरा, धवलशम्मशेर राणा, ध्रुवबहादुर प्रधान र ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, हरि ढकाल र रवि लामिछाने, लोसपाबाट शरतसिंह भण्डारी, महन्थ ठाकुर, रामप्रकाश चौधरी र सर्वेन्द्रनाथ शुक्ला विजयी हुनुभएको छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, अरुनकुमार चौधरी र गङ्गाराम चौधरी, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, जनमत पार्टीबाट चन्द्रकान्त राउत तथा स्वतन्त्ररुपमा योगेन्द्र मण्डल, अमरेशकुमार सिंह, किरणकुमार साह, प्रभु साह र लालवीर चौधरी निर्वाचित हुनुभएको छ ।