• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo

त्रिदेशीय सिरिज: नामिबियाविरुद्ध नेपाल ब्याटिङमा



काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको आज शुक्रबारको खेलमा नेपालले नामिबियासंग खेल्दैछ। उक्त सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

वाईन्डरस क्रिकेट मैदानमा हुनलागेको खेलमा घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र नामिबियाले दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । नामिबियाले ती दुवै खेल जितेको छ ।

नेपाल भर्सेस नामिबियामा नेपालको प्लेईङ-११

आसिफ शेख(विकेटकिपर),अर्जुन साउद,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल भुर्तेल,सागर ढकाल,सोमपाल कामी,गुल्सन झा र ललित नारायण राजबंशी

बिहिबारबाट सुरु भएको यस सिरिजमा पहिलो खेल नामिबिया र स्कटल्याण्डबिच भएको थियो । पहिलो खेलमा नै नामिबिया पराजित भएको थियो ।