२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, १९२ मत पाउने सम्भावना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विशवसको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने छ । प्रधानमन्त्री ओलीले १ सय ९२ मत पाउने लगभग निश्चित जस्तै देखिएको छ ।

८८ सांसद भएको नेपाली काग्रेस, ७७ सांसद (देवराज घिमिरे–सभामुख र टोपबहादुर रायमाझी–निलम्बितबाहेक) भएको नेकपा एमाले, जसपा–७, जसपा नेपाल–५, जनमत पार्टी ६, लोसपा–४, नागरिक उन्मुक्ति पार्टी–४ र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै छन् । यी सबै मत जोड्दा १ सय ९२ मत हुन्छ ।

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको विपक्षमा पनि ७९ मत हुने देखिएको छ । पुष्पकमल दाहाल सरकारमा छँदाका सत्ता सहयात्री दलहरू माओवादी, रास्वपा र एकीकृत समाजवादी अहिले संसद्मा विपक्षी खेमामा एकजुट छन् । दाहाल सरकारले अघि सारेका सुशासन, समृद्धि, सामाजिक न्यायका मुद्दालाई लिएर उनीहरू विपक्षी मोर्चाबाटै एक भएर उभिने भएका हुन् ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन् । यसैगरी १४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, एक–एक सांसद भएका राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ मत ल्याउनुपर्छ ।