१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, १९२ मत पाउने सम्भावना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विशवसको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने छ । प्रधानमन्त्री ओलीले १ सय ९२ मत पाउने लगभग निश्चित जस्तै देखिएको छ ।

८८ सांसद भएको नेपाली काग्रेस, ७७ सांसद (देवराज घिमिरे–सभामुख र टोपबहादुर रायमाझी–निलम्बितबाहेक) भएको नेकपा एमाले, जसपा–७, जसपा नेपाल–५, जनमत पार्टी ६, लोसपा–४, नागरिक उन्मुक्ति पार्टी–४ र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै छन् । यी सबै मत जोड्दा १ सय ९२ मत हुन्छ ।

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको विपक्षमा पनि ७९ मत हुने देखिएको छ । पुष्पकमल दाहाल सरकारमा छँदाका सत्ता सहयात्री दलहरू माओवादी, रास्वपा र एकीकृत समाजवादी अहिले संसद्मा विपक्षी खेमामा एकजुट छन् । दाहाल सरकारले अघि सारेका सुशासन, समृद्धि, सामाजिक न्यायका मुद्दालाई लिएर उनीहरू विपक्षी मोर्चाबाटै एक भएर उभिने भएका हुन् ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन् । यसैगरी १४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, एक–एक सांसद भएका राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ मत ल्याउनुपर्छ ।