२५ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिदेशीय सिरिज: नामिबियाविरुद्ध नेपाल ब्याटिङमा



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको आज शुक्रबारको खेलमा नेपालले नामिबियासंग खेल्दैछ। उक्त सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

वाईन्डरस क्रिकेट मैदानमा हुनलागेको खेलमा घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र नामिबियाले दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । नामिबियाले ती दुवै खेल जितेको छ ।

नेपाल भर्सेस नामिबियामा नेपालको प्लेईङ-११

आसिफ शेख(विकेटकिपर),अर्जुन साउद,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल भुर्तेल,सागर ढकाल,सोमपाल कामी,गुल्सन झा र ललित नारायण राजबंशी

बिहिबारबाट सुरु भएको यस सिरिजमा पहिलो खेल नामिबिया र स्कटल्याण्डबिच भएको थियो । पहिलो खेलमा नै नामिबिया पराजित भएको थियो ।