१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम

‘हाम्रो पात्रो रेमिट’को १ वर्ष पूरा, पहिलो वर्षमै भित्रियो १ अर्ब ५० करोड रेमिट्यान्स

‘हाम्रो पात्रो रेमिट’को १ वर्ष पूरा, पहिलो वर्षमै भित्रियो १ अर्ब ५० करोड रेमिट्यान्स
अ अ+ अ-

काठमाडौँ । नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको धेरै मध्येका एक विशेषता “हाम्रो पात्रो रेमिट” सञ्चालनमा आएको १ वर्ष पूरा भएको छ । यो एपले एक वर्षमै हाम्रो पात्रो रेमिट मार्फत रु. १ अर्ब ५० करोड रुपैया नेपाल भित्रीएको छ ।

मोबाइल एप हाम्रो पात्रो प्रति प्रयोगकर्ताहरूको विश्वास र हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज अनि सरल भएको हुँदा पहिलो वर्षमै हाम्रो पात्रो रेमिट मार्फत उत्साहजनक रेमिट्यान्स नेपाल भित्रिएको रेमिटको सीईओ सुदिना गौतमको भनाइ छ । उनको अनुसार शुरुवातको पहिलो वर्षमै १ अर्ब ५० करोडको ठूलो आंकडा पार गरेको हुँदा हाम्रो पात्रो रेमिटका टिम निक्कै उत्साहित छन् ।

पछिल्लो ३ महिनामा रु. ५० करोड रेमिट्यान्स भित्राएको हाम्रो पात्रो रेमिटले गत महिनामा मात्रै रु२० करोड रेमिट्यान्स भित्राएको छ । पछिल्लो महिनाहरूमा भएको उल्लेख्य वृद्धी देख्दा अबका केही महिनाहरूमा यो रकम अझ बढ्ने अनुमान गर्न सकिन्छ । अहिले अमेरिकामा मात्र सुचारु भएको हाम्रो पात्रो रेमिटबाट स्वदेश पैसा पठाउँदा तुलनात्मक रुपमा अन्य रेमिटहरूभन्दा धेरै रेटमा पैसा पठाउन सकिन्छ ।

“अष्ट्रेलिया, जापान लगायतका देशहरूमा यो सेवा कहिलेबाट शुरु हुँदैछ भनेर धेरै प्रयोगकर्ताहरूको जिज्ञासा छ । हामी विस्तारै नै अन्य देशहरू पनि समेट्दै लानेछौं । अब अमेरिकापछि अष्ट्रेलियामा भने यो सेवा छिट्टै शुरु हुँदैछ । अष्ट्रेलियाका प्रयोगकर्ताहरूलाई यो खबर सुनाउन उत्साहित छौं” सीईओ सुदिना गौतमले थप्नुभयो ।

त्यसबाहेक, हाम्रो पात्रो रेमिटमा भर्खर मात्र शुरु भएको इन्स्ट्यान्ट पे सुविधा अहिले प्रयोगकर्ताहरूको लागि प्रमुख आकर्षण बनिरहेको छ । यो सुविधा अन्तर्गत प्रयोगकर्ताहरूले नेपालमा पठाउनु भएको पैसा आफन्त तथा साथीभाइहरूले आफ्नै बैंक खातामा २४ घण्टा भित्र नै पाउनुहुनेछ । हाम्रो पात्रोले अब छिट्टै सार्वजनिक गर्न लागेको “हाम्रो पे” डिजिटल वालेट आएपछि प्रयोगकर्ताहरूले विदेशबाट स्वदेशमा भएको आफन्तको हाम्रो पे खातामा तुरुन्तै पैसा पठाउने मिल्नेछ । अहिले डिजिटल वालेट “हाम्रो पे” भने सार्वजनिक हुने अन्तिम चरणमा छ ।

आफ्नो मेहेनतको कमाई सजिलै अनि धेरै रेटमा नेपाल पठाउन मिल्ने भरपर्दो माध्यम बनेको हाम्रो पात्रो रेमिटले आगामी दिनहरूमा प्रयोगकर्ताहरूको सकारात्मक सल्लाह र सुझावहरू समेट्दै यसलाई अझ प्रभावकारी बनाउँदै लिएर जाने सुदिना गौतमको भनाइ छ ।