• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

धनगढीमा निषेधाज्ञा तोड्दै विद्यार्थीको प्रदर्शन



कैलाली । धनगढीमा ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएपछि सुरु भएको आन्दोलन आज पनि विद्यार्थीले जारी राखेका छन् ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा ग्रेडरले साइकलमा विद्यालय गइरहेकी साउदलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको थियो । सो क्षेत्रमा स्थानीय र विद्यार्थीहरुले चेतनालाई न्याय माग्दै प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने हिजो साझ देखि अर्को सूचना जारी नहुदा सम्मको लागि निषेधाज्ञा लगाएको थियो। विद्यार्थीले निषेधाज्ञामै आन्दोलन गरिरहेका छन् । उनीहरुले दोषीलाई कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।

स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा यथावत रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।