३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी बस्तीलाई तत्काल नहटाउन भूमि आयोगको आग्रह



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय भूमि आयोगले सुकुम्बासीलाई तत्काल नहटाउन आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेपछि आयोगले शुक्रबार एक सूचना जारी गर्दै अहिले नै सुकुम्बासीलाई नहटाउन आग्रह गरेको हो ।

आयोगले सबै स्थानीय तह र सबै सरकारी तथा गैह्र सरकारी निकायहरूलाई देशभर रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती हटाउने र उनीहरू असुरिक्षत हुने गरी कुनै पनि काम नगर्न भनेको छ ।

राष्ट्रिय भूमि आयोग र स्थानीय तहहरूबीच भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नका लागि ३५ दिने सूचना प्रकाशित भएको थियो । तर निर्वाचन आयोगको निर्देशनअनुसार गत भदौ ३१ बाट यो काम स्थगन भएको थियो । आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरुन्जेलसम्म सुकुम्बासी बस्ती नहटाउन आग्रह गरेको हो ।

थापाथलिको सुकुम्बासी बस्ती हटाउन पुगेका महानगरको टोली र बस्तीका बासिन्दाबीच झडप भएको थियो । झडपका क्रममा नगर प्रहरी र सुकुम्बासी बस्तीका केही मानिसहरु घाइते भएका थिए ।