५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखामा माओवादी केन्द्रको अग्रता



अ+ अ-

दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ ।

हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार एक सय ८३ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा तीन हजार नौ सय ६६ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार एक सय ८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार तीन २७ मत ल्याउनुभएको छ ।

प्रदेशसभा (२) मा चार हजार चार सय ५३ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको छ । दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । रासस