• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत ★   डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा ★   महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक ★   जापानी विदेशमन्त्री खामिखावा: वसन्तपुर क्षेत्रको अवलोकन– तस्बिरहरु ★   चिसो मौसममा भिक्षु विद्यार्थीलाई ज्याकेटले दिएको खुसी ★   सन्दीपको मुद्दामा जेठ १ गते पेशी ★   तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने ★   नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी ★   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ: उपकुलपति बस्नेत ★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ?

पार्किङ गरिएका सवारी साधन महानगरले हटाएपछि आन्दोलनमा उत्रिए बागबजारका व्यवसायीहरु– तस्बिरहरु



काठमाडौँ । काठमाडौंको बागबजारस्थित सडकमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौंको बागबजारमा सडकमा नै सवारी साधनहरु पार्किङ गर्ने गरिएको छ । काठमाडौं महानगरपालिकाले विगत केही दिनदेखि सडकमा पार्किङ गरिएका सवारी साधनहरु हटाउन थालेपछि आफुहरुलाई असहज भएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । बिहीवार व्यवसायीहरुले आ–आफ्नो व्यवसाय बन्द गरेर महानगरको कदमप्रति बिरोध जनाएका छन् ।

महानगरले बागबजारको सडकमा कालोपत्रे गरेको थियो । कालोपत्रे गरिसकेपछि सडकमा सवारी साधन पार्किङ गर्न महानगरले रोकेको हो । व्यवस्थित पार्किङको अभावमा सडकमै पार्किङ गर्ने गरिएको भन्दै व्यवसायीहरुले आफूहरुलाई जबरजस्ती गर्नुभन्दा विकल्प दिनुपर्ने बताएका छन् ।

लाखौँ रकम व्यवसायमा लगाएर जिविकोपार्जन गरिरहेको भन्दै महानगरको यस प्रकारको कदमले दैनिक जीवनयापन र व्यापार व्यवसायमा असर परेको व्यवसायीको गुनासो छ ।

आफूहरुले महानगरपालिकासँग विकल्पको माग गर्दै व्यवसायसमेत बन्द गरेर आन्दोलिन हुनुपरेको व्यवसायी राज कार्कीले बताउनु भयो । उहाँले परिवर्तनको नाममा जनतालाई दुःख नदिन महानगरपालिकाका प्रमुखलाई आग्रह गर्नुभयो

व्यवसायी कार्कीले महानगरले आफूहरुको आवाज नसुनेको भन्दै आन्दोलन जारी रहने बताउनु भयो ।