• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा



मन्थली । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदार्थको अभावमा सङ्कटमा परेको छ ।

रामेछाप नगरपालिका–७ मा व्यावसायिक दुनाटपरी र बोतो बनाउन सुरु गरेकी ज्ञानुकालाई जङ्गलबाट टिपेर ल्याउनुपर्ने सालको पात पाउनै मुस्किल छ । रामेछाप नगरपालिकाले सालको पातको उक्त सामान बनाउने तालिम दिएपछि त्यसैलाई व्यवसाय बनाउने सोचकासाथ काम सुरु गरेकी ज्ञानुकाले पात टिपेर ल्याउने वनमा आगलागीले सखाप बनायो । दुना टपरी र बोतो व्यवसाय गरेर दैनिक घरखर्च धान्ने ज्ञानुकाको सपना डढेलोले सखाप बनाइदियो ।

बिशेषगरी यो धार्मिक र सामाजिक कार्यमा प्रयोग हुने गर्दछ, चोखा सामग्रीको रुपमा लिइने यी सामग्री, श्राद्ध, रुद्री पुजा, बिवाह व्रतब्न्ध, न्वारान र मृत्यु संस्कारका लागि समेत यो उपयोगी बस्तुका रुपमा मानिन्छ । आफूले व्यवसाय सुरु गरेसँगै ज्ञानुकाले आफ्ना वरिपरिका दिदिबहिनीलाई समेत समेटेकी थिइन् । उनले २० जनाको समूहसमेत बनाइसकेकी थिइन् । ती सबै महिला दिदीबहिनीलाई समेत काम सिकाएर व्यवसायमार्फत् आत्मनिर्भर बनाउने उहाँको सोच थियो । जिल्लामा विकराल रूपमा फैलिएको डढेलोको चपेटामा सालको पात पाउने जङ्गल परेपछि ज्ञानुकाको उद्यमी बन्ने र गाउँका दिदीबहिनीलाई समेत उद्यमी बनाउने सपना खरानी भएको छ । जङ्गलमा खेर गइरहेको सालको पातबाट दुना टपरी, बोतो बनाएर उद्यम गर्छु भन्ने ज्ञानुकाको सोचलाई रामेछाप नगरपालिका सँगै सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौँडाले समेत सहयोग गरेको छ । मन्त्रालयले उनलाई मेसिन खरिदका लागि रु दुई लाख दिएको हो ।

वनमा लागेको डढेलोले गर्दा आफूहरूले गरिरहेको काममा असर गरेको अर्की ब्यवसायी सिर्जना कार्की बताउनुहुन्छ । टपरी बनाएर कमाएको पैसाले घर खर्चमा केही हदसम्म भएपनि सहयोग गर्ने सिर्जनाको इच्छा थियो । तर सिर्जनाको यो इच्छा पनि इच्छामै सीमित रह्यो । घरको कामकाज भ्याएर कमाउने मेसो मिलेकोमा बिन्दा बस्नेत पनि खुसी हुनुहुन्थ्यो । तर वनमा लागेको डढेलोका कारण बिन्दाको कमाउने मेसो पनि सेलाएको छ ।

ज्ञानुकाले सालको पात प्रतिकेजी रु ३० मा किन्ने गर्नुभएको थियो । त्यसबाट उत्पादन गरेको टपरी रु १० प्रतिगोटा र बोता तथा दुना रु पाँच प्रतिगोटाले बिक्री गर्दै आउनुभएको थियो । उहाँले भन्नुभयो “अहिले डढेलोले जङ्गल सखाप पार्‍यो सालको पातले एक जनाको दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च टर्ने गरेको थियो । डढेलोले जङ्गल सखाप भएपछि सालको पात बेच्ने र दुना टपरी वानउनेको रोजीरोटी समेत खोसियो ।”

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले भने जङ्गलमा आगो लगाउने जोसुकैलाई कडा कारबाही गरिने बताउनुभएको छ । उहाँले जङ्गलमा आगो लगाउनेको पहिचाहन गर्न डिभीजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाईसमेत निर्देशन दिई डढेलो लाग्नबाट वचाउनसमेत अनुरोध गर्नुभयो । रासस