९ मंसिर २०८१, आईतवार
,
Latest
नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त अध्यक्ष दाहालद्वारा राईप्रति श्रद्धाञ्जली अर्पण ५ महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा ‘विनियोजित बजेट संघीय प्रणालीअनुसार खर्च नभएसम्म पुँजीगत खर्च वृद्धि हुँँदैन’ गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु एसिसी यू–१९ एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा नेपाली टोली घोषणा आईपीएल मेगा अक्सन आजबाट, जान्नुहोस् सम्पूर्ण जानकारी फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्वः खानेपानीमन्त्री दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक



अ+ अ-

एजेन्सी । आईसीसीले महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । यो प्रतियोगिता बंगलादेशमा आयोजना हुनेछ ।

प्रतियोगिता अक्टोबर ३ बाट सुरु हुनेछ । पहिलो खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ ।

पहिलो सेमिफाइनलको भने १७ अक्टोबरमा र दोस्रो सेमिफाइनल १८ अक्टोबरमा हुनेछ । फाइनल खेल अक्टोबर २० मा हुनेछ ।

आईसीसी महिला टी–२० विश्वकप २०२४ मा कुल २३ खेल खेलिने छन् । यी खेलहरू १९ दिनमा ढाका र सिलहटमा हुनेछन् । प्रतियोगिताका लागि दुई समूह बनाइएको छ । समूह ए मा पाँच टोली छन् । समूह बी मा पनि पाँच टोली छन् ।

समूह ए मा भारत, पाकिस्तान, अष्ट्रेलिया, न्यूजिल्याण्ड र क्वालिफायर १ का टोली हुनेछन् । समूह बी मा दक्षिण अफ्रिका, इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र क्वालिफायर २ टोली रहेका छन् ।

प्रतियोगितामा प्रत्येक टोलीले कुल चार समूह खेल खेल्नेछन् । यसपछि प्रत्येक समूहबाट दुई टोली सेमिफाइनल पुग्नेछन् ।