१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा रेस्टुरेन्ट १२ बजेसम्म र क्लब एवम् डीस्को बिहान ४ बजेसम्म खोल्न पाइने



अ+ अ-

काठमाडौं । काठमाडौंमा नाइट क्लबहरु बिहान ४ बजेसम्म चलाउन पाइने भएको छ । जिल्ला प्रमुख अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त समय तोकेको हो ।

जिल्ला प्रशासन कार्यालयको अनुसार रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै, रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन गर्न पाउनेछन् ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौमा रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय निर्धारण गरेको बताएको छ ।