४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काँग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का(भिडियोसहित)

काँग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का(भिडियोसहित)
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताउनुभएको छ ।

बिहीवार नेपाली काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका उपसभापति खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताउनुभएको हो । उहाँले पार्टी सभापति देउवाको नेतृत्वमा काँग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने बताउनु भयो । उहाँले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताउनु भयो । उपसभापति खड्काले यो बेलामा काँग्रेस भित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताउनु भयो । काँग्रेसलाई एकतावद्ध बनाउँदै सत्तागठबन्धन सहितका दलहरुलाई मिलाएर लानुपर्ने काँग्रेसको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘काँग्रेसको संसदीय दलको नेताको निर्वाचन हामी सर्वसम्मत तरिकाले गर्नुपर्छ । त्यो गर्ने वातावरणको निर्माण गर्नुपर्छ । त्यही दिशामा अगाडी बढाउनका लागि वातावरण निर्माण गर्नका लागि मेरो आफ्नो क्रियाशिलता पनि रहनेछ । सिधा कुरा छ, नेपाली काँग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ । सत्ता गठबन्धन होमिएको छ । विशेषगरी काँग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडी बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडी आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन । अहिले हामी काँग्रेसभित्रको एकताको वातावरण बनाउनु छ । सरकार गठन गर्दा सबै मिलेको प्रभावकारी सरकारको निर्माण गर्नुछ । काँग्रेसले आफू एकतावद्ध भएर अहिले रहेको सत्ता गठबन्धनलाई पनि एकतावद्ध रहेर त्यसपछि अरु बाँकी दलहरुलाई पनि यो मुलुकको विकास निर्माणको अभियानमा, संसदलाई प्रभावकारी बनाउने अभियानमा सबैलाई जोडेर जानुपर्ने पहिलो पार्टी भएको नाताले नेपाली काँग्रेसको मुल दायित्व छ । त्यो दायित्वलाई हामी सबैले गम्भिरतापूर्वक लिएर अगाडी बढ्यौँ । छलफल र संवाद ग¥यौँ भने मलाई लाग्छ संसदीय दलको नेताको निर्वाचनपनि सर्वसम्मत तरिकाले अगाडी बढ्नसक्छ । सबै खालको र सबै तहको नेतृत्वलाई, सबै उमेर समूहको नेतृत्वलाई सबै ठाउँमा समावेश गरेर सबै तहमा मिलाएर लिन सकिन्छ । र मिलाउनुपर्छ भन्ने मलाई लाग्छ र त्यो विश्वास पनि छ ।’

उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गर्नुभयो । व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उहाँको भनाई छ । उहाँले सबैको महत्वकांक्षाहरुलाई त्यागेर सबैको सम्मान र भुमिका रहनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘कुनै नेताहरुले आफ्नो आकांक्षा राख्ने कुरालाई अन्यथा मान्नु हुँदैन । लोकतन्त्रमा कुनैपनि निर्वाचन प्रक्रिया अगाडी आउँदा कसैले म फलानो पदमा उठ्छु भनेर कसैले आफ्नो आकांक्षा व्यक्त गर्दा त्यसलाई हामीले अन्यथा मान्नु हुँदैन । त्यो आकांक्षा प्रकट भएकै कुरालाई जोडेर सर्वसम्मतको वातावरण बनाउने हो । मलाई विश्वास छ त्यो वातावरण बन्नसक्छ । त्यसमा अत्यन्त इमान्दारीपूर्वक, निष्ठापूर्वक मुलुकको परिस्थिति, आम नेपाली जनताको अहिलेको दलहरुप्रति, सत्ता गठबन्धन प्रतिको आशा, भरोसा, विश्वास जुन खालको संकेतहरु आएको छ, त्यसप्रति हाम्रो पहिलो इमान हुनुप¥यो । त्यसप्रति प्रतिवद्ध हुनुप-यो । त्यो इमान र प्रतिवद्धतापछि हाम्रो महत्वकांक्षाहरुलाई अगाडी बढाउने कुरा छर्दैछ । तर मुल विषय त देश हो । जनता हुन् । पार्टी हो । सबैको महत्वकांक्षालाई सेफ ल्याण्डिङ गरेर, सबैको सम्मान रहनेगरी, सबैको भुमिका रहनेगरी, सबैले मिलेर काम गरेर नयाँ तरिकाको राष्ट्र निर्माणको अभियान अगाडी बढाउने सन्दर्भमा त्यो सकिन्छ भन्ने लाग्छ ।’

उहाँले सत्तागठबन्धनकै सरकार बनाउने बताउनु भयो । वर्तमान गठबन्धनमा आवद्ध दलहरुको साथै अन्य दलहरुलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उहाँले बताउनु भयो । त्यसका निम्ति काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँग संवाद अगाडी बढाउनुभएको उहाँले उल्लेख गर्नुभयो । सहमतिमै सरकारको नेतृत्वको चयन हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘हामी अहिलेको सत्ता गठबन्धनका दलहरुका बीचमा सहमति, समझदारी कायम गर्ने प्रक्रिया शुरु भएको छ । सत्ता गठबन्धन दल र निर्वाचित अरु दलका साथीहरुलाई समेत जोडेर हामी सरकार निर्माणको प्रक्रियामा अगाडी बढ्नेछौँ । अहिलेकै सत्ता गठबन्धन दलकै नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया सफल हुन्छ भन्ने हामीलाई विश्वास छ ।’

उहाँले कानून निर्माणको कामलाई तिब्र बनाउन र संसदलाई प्रभावकारी बनाउनका लागि नेपाली काँग्रेस र सत्तारुढ गठबन्धन प्रतिवद्ध रहेको बताउनु भयो ।
उपसभापति खड्काले बाँडेगाउँमा पुगेर नेपाली काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले भट्टराई आफ्नो दर्शन गुरु र राजनीतिक गुरु भएको उल्लेख गर्दै आफूले कुनैपनि अभियान शुरु गर्नुपूर्व र परिणाम आएपछि भट्टराईको आश्रममा आएर आशिर्वाद लिने गरेको बताउनु भयो ।