१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

केही दलबाट सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक भइरहेको छ – विशाल भट्टराई

केही दलबाट सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक भइरहेको छ – विशाल भट्टराई
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद विशाल भट्टराईले केही दलहरुले सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक गरिरहेको आरोप लगाउनु भयो । उहाँले आफ्नो पार्टीको माग पूरा नहोउन्जेलसम्म पार्टीले संसदमा अवरोध गरिरहने बताउनु भयो ।

आईतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले यस्तो बताउनु भएको हो ।

सांसद भट्टराईले भन्नुभयो, ‘एमसीसी एउटा ठूलो सडकमा द्वन्द्व सिर्जना गरेर, हिंसा निम्त्याएर नेपाली नागरिकहरुको बीचमा एउटा असाध्यै पेचिलो लडाइँ सिर्जना गरेर विलम्व गरेर ल्याइयो । नाटक के देखिँदैछ भने सरकारमा पनि बस्ने, संसदमा पनि उपस्थित हुने, कोही बस्ने कोही उभिने, कोही नारा लगाउने, कोही मुसुमुसु हासिरहने, त्यस्तो नाटक पनि देखिएको छ । सडकमा एउटा, अमेरिकासँग एउटा, कार्यकर्तासँग एउटा, बैठकमा एउटा, रोचक दृश्य तपाईहरुले देखिरहनु भएको छ । नेकपा एमाले अहिलेको सभामुखको अन्याय, अत्याचार र विभेदका कारणले लामो समयदेखिस संसदीय कामकारबाहीमा विमुख भएर बसेको छ । त्यो हाम्रो बाध्यता भएको छ । 

हामीप्रति गरिएको अन्यायको कारणले गर्दा हामीले त्यसलाई प्रतिवाद गर्न हामी नाराबाजी र घेराउमा छौँ । त्यसकारण कुनै पनि संसदीय काम कारबाहीमा नेकपा एमालेलाई संलग्न हुने अवसर प्रदान गरिएको छैन । यी कुनै प्रक्रियामा हामी सामेल हुँदैनौँ । सडकमा हिंसा र जबरजस्ती जे गर्न खोजिएको छ नेकपा एमाले सिधासिधी बिरोध गर्दछौँ । हाम्रो माग पूरा नभएसम्म नेकपा एमाले कतै जाँदैन, हामी अवरोध गरिरहन्छौँ । हामीले सभामुख समक्ष नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमतिको नभइ दलीय अनुमति बेगर बोल्न दिने कुरा दलीय  मर्यादा बिरुद्धमा छ । हामीले दलीय सहमति बेगर किन बोल्न दिनुभयो भनेर आपत्ति प्रकट गरेका छौँ ।’