२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डका डिफेन्डर बेनले छाडे टिम



अ+ अ-

काठमाडौं । इंग्ल्यान्डका डिफेन्डर बेन ह्वाइटले कतारमा जारी विश्वकपको बाँकी खेल नखेल्ने भएका छन् ।

बुधबार व्यक्तिगत कारण देखाउँदै डिफेन्डर बेन स्वदेश फर्किएका इंग्लिस फुटबल संघले बताएको छ । संघले यस विषयमा थप केही कुरा भने खुलाएको छैन ।

इंग्ल्यान्ड एफएले भने खेलाडीको गोपनीयतालाई सम्मान गर्न उनले क्याम्प छाड्नुको कारण गोप्य राखिएको जनाएको छ । एफएले बेन बाँकी खेलका लागि टिममा नफर्किने बताएको छ ।

कतारमा जारी विश्वकपमा उनी इरान र अमेरिकाविरुद्धको खेलका लागि छनोट भएनन् र बिरामीका कारण वेल्सविरुद्धको खेल पनि गुमाएका थिए । २५ वर्षीय बेनले इङ्ल्यान्डका लागि ४ खेल खेलेका छन् ।

इंग्ल्याण्डले अन्तिम १६ मा सेनेगल विरुद्ध खेल्नेछ ।