२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा र बाजुरामा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो: एमाले महासचिव पोखरेल



अ+ अ-

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्याङ्जा र बाजुरामा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाउनु भएको छ ।

पोखरेलले सामाजिक संञ्जाल फेसबुकमार्फत भन्नुभएको छ, ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

निर्वाचन आयोगले बुधबार स्याङजा र बाजुरा जिल्लामा मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि स्याङ्जा २ मा मतपेटिका थन्क्याएको एघारौं दिन बुधबार बेलुकी गणना थालिएको हो । मंसिर ४ गते मतपेटिका ल्याएर वालिङ नगरपालिकाको मतगणनास्थलमा राखेपछि धाँधलीको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेको थियो ।