४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यसरी पाउन सकिन्छ वंशजको आधारमा नागरिकता: अधिकारकर्मी(भिडियोसहित)

यसरी पाउन सकिन्छ वंशजको आधारमा नागरिकता: अधिकारकर्मी(भिडियोसहित)
अ+ अ-

काठमाडौं । अधिकारकर्मीहरुले नागरिकता बनाउने प्रक्रिया सम्बन्धी जानकारी नहुँदा भोग्नुपरिरहेको कठिनाइका बारेमा सरकारले तदारुकता देखाउन जरुरी रहेको बताएका छन् ।

आम वा बुबामध्ये कोही एक नेपाली नागरिक भए उनीहरुका सन्तानले वंशजको आधारमा नागरिकता पाउने भएपनि नागरिकता बनाउने प्रक्रिया थाहा नहुँदा धेरै मानिसहरुले समस्या खेपिरहेको बताएका हुन् । अधिकारकर्मीहरुले स्थानीय पालिकाले दिएको सिफारिस, जन्मदर्ता, आमा वा बुबाको नागरिकताको प्रतिलिपि वा तीन पुस्ताभित्र नाता पर्ने नातेदारहरुको नागरिकताको प्रतिलिपि र नागरिकतासँगै नाता प्रमाण लिएर सम्बन्धित जिल्ला कार्यालयमा निवेदन दिएको खण्डमा नागरिकता पाइने बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अधिकारकर्मी एवं अधिवक्ता कृतज्ञ राईले आमा वा बुबामध्ये कोही एक जना नेपाली भइ अन्य मुलुकको नागरिकता नलिएको व्यक्तिले वंशजको आधारमा नेपाली नागरिकता लिन पाउने प्रावधान रहेको बताउनु भयो । उहाँले वंशजको आधारमा नागरिकता प्राप्त गर्न पाउने कतिपय नागरिकहरुले प्रक्रिया थाहा नहुँदा लिन नसकेको बताउनु भयो । यसका लागि सरकारले आवश्यक सहयोग र तदारुकताका साथ काम गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो कुरा त नेपाली आमा र बुबा हुनुपर्छ । नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्न १६ वर्ष उमेर पुगिसकेको हुनुपर्छ । १६ वर्षपछि मात्रै प्राप्त गर्न सक्नुहुन्छ । वंशजको आधारले नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्न यो अधिकार जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ । प्रक्रियामा जाँदा नेपाली नागरिकता पाउन शुरुमा एउटा निवेदन पेस गर्नुपर्ने हुन्छ जिल्ला प्रशासन कार्यालयमा । यो निवेदन नेपाली नागरिकता नियमावली २०६३ को अनुसूची १ मा यसको ढाँचा दिएको छ ।

गाउँपालिका वा नगरपालिकाले दिएको सिफारिस, जन्मदर्ता, आमा वा बुबाको नागरिकताको प्रतिलिपि वा तीन पुस्ताभित्र नाता पर्ने नातेदारहरुको नागरिकताको प्रतिलिपि र नागरिकतासँगै नाता प्रमाण पनि अनिवार्य छ । वंशजको आधारमा प्राप्त गर्न पाउने कतिपय नागरिकहरुले पनि यसको प्रक्रिया थाहा नभएर कतिले नागरिकता प्रमाणपत्रको लागि सिफारिस लिन पनि जुन एउटा नर्मल इन्फर्मेसन हो त्यो पनि थाहा नहुँदा पाउने व्यक्तिले नागरिकता पाएका छैनन् ।

उहाँहरुसँग सबै प्रमाण पुग्ने बेलामा नागरिकताको महत्व थाहा नहुने, पछि थाहा भयो । तर अहिले पेस गर्नुपर्ने कागजात थाहा नहुँदा र पेस गर्नुपर्ने कागजातहरु नहुँदा नागरिकता प्राप्त गर्न समस्या भइरहेको छ । वुमेन इंगेजमेण्ट इन्टरटेनमेण्ट सेक्टरलाई यस्ता समस्या आइरहेको हुन्छ ।’