२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा राति ९ बजेदेखि मतगणना थालिने



file
अ+ अ-

काठमाडौं । स्याङ्जा–२ मा बुधबार राति ९ बजेदेखि मतगणना थालिने भएको छ ।

निर्वाचन आयोगले आज मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

मङ्सिर ४ गते सम्पन्न भएको मतदानको ११ दिनपछि मतगणना सुरु हुन लागेको हो । नेकपा (एमाले)ले चापाकोट नगरपालिकाको चार बुथमा धाँधली गरी बुथ कब्जा भएको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको थियो । अर्कोतर्फ कांग्रेसले भने तत्काल मतगणनाको माग गर्दै आएको थियो ।

यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार छन् ।