१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

अठासी प्रतिशत महिला पत्रकार हिंसामा

अठासी प्रतिशत महिला पत्रकार हिंसामा
अ अ+ अ-

‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ ।

छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत दुई सय ८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको अध्ययनमा हिंंसा गर्ने व्यक्तिबारे सोधिएका प्रश्नमा दुई सय ८१ जना सहभागीमध्ये एक सय १६ जनाले कार्यालयभित्रका सहकर्मीबाट, ८९ जनाले कार्यालय बाहिरका सहकर्मीबाट, ८९ जनाले परिचित व्यक्तिबाट, ६३ जनाले समाचार स्रोतबाट, ५६ जनाले राजनीतिक दलसम्बद्ध व्यक्तिबाट र २६ जनाले सरकारी अधिकारीबाट अनलाइन हिंसा भएको उल्लेख छ ।

सहभागीमध्ये ५३ प्रतिशतले आफूले भोगेको अनलाइन हिंसा पत्रकारिता पेसासँग सम्बन्धित रहेको बताएका थिए भने २१ दशमलव चार प्रतिशतले अनलाइनबाट सुरु भएको हिंसापछि गएर धम्की र भौतिक आक्रमणसम्म पुगेका बताएका छन् । सहभागीमध्ये ११ दशमलव चार प्रतिशतले आफूले नभई अरुले हिंसा भोगेको सुनाएको प्रतिवेदनमा छ ।

अध्ययनले सबैभन्दा बढी फेसबुक मेसेन्जरबाट हिंसा हुने देखाएको छ । सहभागीमध्ये फेसबुक म्यासेन्जरबाट ६२ दशमलव तीन प्रतिशत, १५ दशमलव पाँच प्रतिशतले ट्विटर, १२ दशमलव आठ प्रतिशत ह्वाट्सअप, ११ दशमलव सात प्रतिशत भाइवर, छ प्रतिशतले इमेल र चार दशमलव छ प्रतिशतले इन्स्टाग्रामको माध्यमबाट हिंसा भएको देखाएको छ ।

अनलाइन हिंसामा परेकामध्ये ४० दशमलव दुई प्रतिशत महिला पत्रकारले पेसामा असर परेको र अनलाइन हिंसामा परेकामध्ये ३१ प्रतिशतले पारिवारिक जीवनमा असर परेको बताएको छ । अनलाइन हिंसामा परेकामध्ये ६२ दशमलव तीन प्रतिशतले मानसिक स्वास्थ्यमा असर परेको र मानसिक असर परेकामध्ये २६ दशमलव तीन प्रतिशतले मनोसामाजिक परामर्शको सेवा लिनुपरेको अध्ययनमा छ ।

मिडिया एड्भोकेसी ग्रुप ९म्याग० ले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले आज उक्त प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनले गहन विषयको उठान गरेको र कानुन निर्माण प्रक्रियामा मन्त्रालयले गम्भीरतापूर्वक समेट्ने बताउनुभयो । “आमसञ्चारमा आएका हिंसाका घटना हेरिन्छ, समाचारभित्रका पात्रहरु कसरी पीडित भइरहेका छन् भन्ने हेरिएको थिएन”, उहाँले भन्नुभयो, “अझ सर्वसाधारणको अवस्था कस्तो होला, कानुनमा पनि केही थप गरेर जानुपर्ने देखिन्छ ।” उहाँले मन्त्रालयले आवश्यक परेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अध्ययन महत्वपूर्ण भएको उल्लेख गर्दै भन्नुभयो, “महासङ्घले नीति, नियम वा निर्देशिका बनाउँदा यस विषयलाई समेट्नेछ ।” उहाँले हिंसाको विषय महिलाको मात्र नभएर सबैको भएको भनाइ राख्नुभयो ।

“सुसूचित गर्ने व्यक्ति नै हिंसामा परेपछि समाजको हिंसा अझ कस्तो होला”, महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति ९सिड० कमिटीका सदस्य बन्दना राणाले भन्नुभयो, “पुरुषलाई पनि हिंसा भएको होला, त्यो कुन स्तरमा भएको छ अध्ययन हुनुपर्छ ।” म्यागका संस्थापक अध्यक्ष बबिता बस्नेतले उक्त प्रतिवेदन प्रस्तुत गर्दै अनलाइन हिंसा रोक्न पर्याप्त कानुनकोे व्यवस्था गर्नुपर्ने र मानवीय व्यवहार सुधार गर्न जरुरी भएको बताउनुभयो ।

म्यागका अध्यक्ष अनिता विन्दुले संस्थागतरुपमा महिलाहिंसा न्यूनीकरण गर्न र डिजिटल सुरक्षामा खतरा बढ्दै गएको हुँदा राज्यले कानुनीरुपमै व्यवस्था गर्न ध्यानाकर्षण गर्ने उद्देश्यले उक्त अध्ययन गरिएको जानकारी दिनुभयो । नेपालमा महिलामाथि शारीरिक, मानसिक, मनोवैज्ञानिक, आर्थिक, सामाजिक, सांस्कृतिक, यौनजन्य, प्रथा र परम्पराजनितलगायत हिंसा हुँदै आएका छन् । सूचना प्रविधिका बढ्दो प्रयोगसँगै प्रविधिबाट हुने हिंसा बढ्दै गएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोमा आर्थिक वर्ष २०७७र०७८ मा साइबर अपराधसँग सम्बन्धित तीन हजार नौ सय छ उजुरी परेका छन् । तीमध्ये महिलामाथि भएको दुव्र्यवहारसम्बन्धी दुई हजार तीन, पुरुषका एक हजार चार सय ७१ र अन्य लिङ्गीका दुई सय २४ रहेका छन् । यो तथ्याङ्कलाई हेर्दा अनलाइन हिंसा बढ्दो क्रममा देखिन्छ । यसलाई सम्बोधनका लागि कानुन, संयन्त्र र व्यवहार सुधारमा ध्यान दिनुपर्ने जरुरी देखिन्छ । रासस