१४ भाद्र २०८३, आईतवार
,
Latest
राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दलको नेताको तयारीमा लागेको छु: गगन थापा



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री बन्ने तयारीमा रहनु भएका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताउनु भएको हो । महिला सुरक्षा दवाव समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मंसीर १५ गते शुक्रबार (भोली)सम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको बताउनु भयो ।

महामन्त्री थापाले केही दिन भित्र नयाँ मन्त्रीपरिषद बन्ने समेत बनाउनु भयो । उहाँले मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुनेगरी कानुन निर्माण गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने आश्वासन पनि दिनु भयो । महामन्त्री थापाले भन्नु भयो, ‘अस्ती मलाई निम्तो गर्न आउँदाखेरी पनि म यो कार्यक्रम बाहेक अन्य कार्यक्रमहरुमा आउँछु भन्ने अवस्था नै थिएन । शुक्रबारसम्म हामी धन्यवादको कार्यक्रम सकौं । त्यसपछि अरु काममा जुट्नु पर्नेछ । मेरो त अर्को चुनाव आउँदैछ । मैले त्यो काममा केन्द्रित हुनुछ ।

केही दिनमा नयाँ मन्त्रीपरिषद बन्छ । हाम्रो कानुनमा मन्त्रीपरिषद भित्र महिलाको प्रतिनिधित्व यति हुनैपर्छ भनेर बोलेको छैन । तर संसदमा हामी ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भएकाले अव १/२ जना भन्दा बढि पुरुषहरु पर्दैनन् तर मन्त्रीपरिषदमा कानुनी व्यवस्था नभएकाले गर्दा मुस्किलले एक जना महिला समावेश हुने गरेका छन । अव संसदमा र मन्त्रीपरिषदमा महिला सहभागिता बढाउन निर्वाचन कानुन बदल्न सुरु गरौं । म अहिल्यै भन्न सक्छु–मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुने कानुन हामीले बनाउनै पर्छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार दिनुपर्ने कानुन हामीले बनाउनै पर्छ । यो कुरा अहिलेदेखि नै छलफल गर्दै गयो भने आगामी निर्वाचनसम्म त्यो काम हुन्छ । पुसमा नयाँ मन्त्रीपरिषद बन्छ । माघबाटै सो कानुन बनाउने काम लागौं । ’

महामन्त्री थापाले सबै राजनीतिक दलहरुले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाई गर्न नहुने दोहो¥याउनु भयो । महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका घरघरमै अभियान संचालन गर्नुपर्ने उहाँको भनाई थियो ।




भर्खरै