५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपमा ‘गोल्डेन बुट’को दौडमा कुन–कुन खेलाडी छन् ?



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप नोभेम्बर २९ अर्थात् बुधबार सम्म ३६ खेल सम्पन्न भएका छन् । जसमा धेरै उतारचढाव र रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । ९ खेलको नतिजा बराबरीमा सकिएको छ ।

समूह चरणमा २४ टोलीले २–२ खेल खेलेका छन् । ८ टोलीका ३–३ खेल पनि सम्पन्न भएका छन् । जसमध्ये इक्वेडरका इनर भ्यालेन्सिया, नेदरल्याण्ड्सका कोडी गाक्पो, इङ्ल्यान्डका मार्कस रासफोर्ड र फ्रान्सका केलियन एमबाप्पे ३–३ गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन् ।

यस्तै, अर्जेन्टिनाका लियोनल मेसी, इंग्ल्यान्डका बुकायो साका र ब्राजिलका रिचार्लिसनसहित ९ टोलीका ११ खेलाडी २–२ गोल गर्दै उनीहरुलाई पछ्याइरहेका छन् ।

डिसेम्बर ३ बाट नकआउट चरण सुरु हुनेछ । गोल्डेन बुटको दौडमा संलग्न गोक्पोको टोली नेदरल्याण्ड्स, रासफोर्डको टोली इङ्ल्यान्ड र एम्बाप्पेको टोली फ्रान्स नकआउट चरणमा पुगेका छन् । यस्तो अवस्थामा तीनै खेलाडीसँग नकआउट राउण्डमा गोल गर्दै गोल्डेन बुट जित्ने सम्भावना बढी हुनेछ । यदि उसको टोलीले जित्यो भने, उक्त खेलाडीले अर्को राउन्डमा पनि गोल गर्ने मौका पाउनेछ ।

यद्यपि, इनर भ्यालेन्सियाको टोली इक्वेडर समूह चरणको अन्तिम खेलमा सेनेगलसँग पराजित भएको थियो । समूह चरणका ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको टोली प्रि क्वाटरफाइनलमा पुग्न सकेन । त्यसैले उनको टोलीले प्रतियोगितामा थप खेल खेल्ने छैन । यस्तो अवस्थामा उनको थप गोल गर्ने सबै सम्भावना समाप्त भएको छ ।

गोल्डेन बुट के हो ?
फिफा विश्वकपमा गोल्डेन बुट प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई दिइन्छ । २०१८ को रुसमा खेलिएको प्रतियोगितामा इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल्डेन बुट पाएका थिए । उनले ६ खेलमा ६ गोल गरेका थिए । सन् १९८२ को प्रतियोगितापछि ‘गोल्डेन शु अवार्ड’ दिइएको थियो । तर, २०१० बाट यसको नाम गोल्डेन बुटमा परिवर्तन भयो ।