२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपमा ‘गोल्डेन बुट’को दौडमा कुन–कुन खेलाडी छन् ?



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप नोभेम्बर २९ अर्थात् बुधबार सम्म ३६ खेल सम्पन्न भएका छन् । जसमा धेरै उतारचढाव र रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । ९ खेलको नतिजा बराबरीमा सकिएको छ ।

समूह चरणमा २४ टोलीले २–२ खेल खेलेका छन् । ८ टोलीका ३–३ खेल पनि सम्पन्न भएका छन् । जसमध्ये इक्वेडरका इनर भ्यालेन्सिया, नेदरल्याण्ड्सका कोडी गाक्पो, इङ्ल्यान्डका मार्कस रासफोर्ड र फ्रान्सका केलियन एमबाप्पे ३–३ गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन् ।

यस्तै, अर्जेन्टिनाका लियोनल मेसी, इंग्ल्यान्डका बुकायो साका र ब्राजिलका रिचार्लिसनसहित ९ टोलीका ११ खेलाडी २–२ गोल गर्दै उनीहरुलाई पछ्याइरहेका छन् ।

डिसेम्बर ३ बाट नकआउट चरण सुरु हुनेछ । गोल्डेन बुटको दौडमा संलग्न गोक्पोको टोली नेदरल्याण्ड्स, रासफोर्डको टोली इङ्ल्यान्ड र एम्बाप्पेको टोली फ्रान्स नकआउट चरणमा पुगेका छन् । यस्तो अवस्थामा तीनै खेलाडीसँग नकआउट राउण्डमा गोल गर्दै गोल्डेन बुट जित्ने सम्भावना बढी हुनेछ । यदि उसको टोलीले जित्यो भने, उक्त खेलाडीले अर्को राउन्डमा पनि गोल गर्ने मौका पाउनेछ ।

यद्यपि, इनर भ्यालेन्सियाको टोली इक्वेडर समूह चरणको अन्तिम खेलमा सेनेगलसँग पराजित भएको थियो । समूह चरणका ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको टोली प्रि क्वाटरफाइनलमा पुग्न सकेन । त्यसैले उनको टोलीले प्रतियोगितामा थप खेल खेल्ने छैन । यस्तो अवस्थामा उनको थप गोल गर्ने सबै सम्भावना समाप्त भएको छ ।

गोल्डेन बुट के हो ?
फिफा विश्वकपमा गोल्डेन बुट प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई दिइन्छ । २०१८ को रुसमा खेलिएको प्रतियोगितामा इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल्डेन बुट पाएका थिए । उनले ६ खेलमा ६ गोल गरेका थिए । सन् १९८२ को प्रतियोगितापछि ‘गोल्डेन शु अवार्ड’ दिइएको थियो । तर, २०१० बाट यसको नाम गोल्डेन बुटमा परिवर्तन भयो ।