२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा २ को मतगणना आज साँझदेखि सुरु हुँदै(भिडीयोसहित)



file
अ+ अ-

काठमाडौँ । स्याङ्जा क्षेत्र नं. २ को मतगणना आज साँझदेखि सुरु गरिने भएको छ । मतगणना शुरु गर्नका लागि आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्काल मतगणना शुरु गर्न निर्देशन दिएपछि आजबाट मतगणना सुरु गर्ने तयारी गरिएको हो ।

आज ४ बजे बोलाइएको सर्वदलीय बैठकपछि मतगणना सुरु हुने र आफूहरु तयारी अवस्थामा रहेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । निर्वाचन आयोगले आजमात्र स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने र मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

मङ्सिर ४ गते सम्पन्न भएको मतदानको ११ दिनपछि मतगणना सुरु हुन लागेको हो । नेकपा (एमाले)ले चापाकोट नगरपालिकाको चार बुथमा धाँधली गरी बुथ कब्जा भएको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको छ । अर्कोतर्फ कांग्रेसले भने तत्काल मतगणनाको माग गर्दै आएको छ ।