• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo

चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको निधन



बेइजिङ । चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनको आधिकारिक मिडियाका अनुसार उनी ल्युकेमिया रोगबाट पीडित थिए ।

सो रोगका कारण उनको शरीरका धेरै अंगले काम गर्न छाडेका थिए । बिमारीका कारण बुधबार उनको निधन भएको हो ।

जियाङ जेमिन सन् १९८९ को तियानमेन स्क्वायर आन्दोलनपछि चीनको नेतृत्वमा निर्वाचित भएका थिए। एक रिपोर्टका अनुसार सन् १९९३ मा सत्ता प्राप्त गरेपछि उनले झण्डै एक दशकसम्म चीनमाथि कब्जा जमाए ।

जियाङको मृत्यु यस्तो समयमा भएको छ जतिबेला चीनका विभिन्न सहरमा कोभिड–१९ प्रतिबन्धका कारण व्यापक विरोध भइरहेको छ ।