२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा–२ र बाजुरामा पुनः मतदान नहुने, गणना गर्न आयोगको निर्देशन



अ+ अ-

काठमाडौँ । स्याङ्जा निर्वाचन क्षेत्र नं २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले ती स्थानमा मतगणना सुरु गर्न निर्देशन दिएको छ ।

मतदान भई सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाइसकेको अवस्थामा प्रमुख दलहरु नेकपा (एमाले) र नेपाली कांग्रेसले एक अर्कामाथि धाँधलीको आरोप लगाउँदा स्याङ्जा–२ र बाजुरामा मतदान भएको १० दिनसम्म पनि मतगणना हुन सकेको छैन ।

स्याङजा–२ मा एमालेले कांग्रेसमाथि बुथ क्याप्चर गरेको आरोप लगाएको छ । चापाकोटमा मरेका मानिसहरुको नाममा समेत मतदान भएको, बुथ क्याप्चर गरिएको अनि विदेशमा भएकाहरुको नाममा समेत मतदान भएको भन्दै एमालेले अहिलेसम्मका प्रक्रिया रद्द गरेर फेरी मतदान हुनुपर्ने माग गरेको छ ।

स्याङ्जा–२ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका पद्माकुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा छ ।

त्यस्तै बाजुराको बुढीनन्दामा मात्रै मतदान स्थगित भएको थियो । त्यहाँ भने कांग्रेस र एमालेले नै एक अर्कामाथि बुथ क्याप्चरको आरोप लगाउँदै केही ठाउँमा फेरी मतदान हुनुपर्ने माग गरेका छन् ।

बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ ।