२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी समस्या समाधान प्रधानमन्त्री कार्यालयले गर्नुपर्छ: बाबुराम भट्टराई



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौँ उपत्यकाको सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन खोज्दा अवरोध भएको भन्दै तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संयोजन गरी सहजीकरण गर्दा राम्रो हुने बताउनुभयो ।

सुकुम्बासीको व्यवस्थापनको सबैभन्दा राम्रो विकल्प नागार्जुन नगरपालिकामा निर्माण गरिएको अपार्टमेन्ट रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “आवासविहीन सुकुमबासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ । मेरो पालामा सुरु भएको काठमाडौं उपत्यकाका सुकुम्वासी र न्यून आय भएका नागरिकको आवास व्यवस्थासम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यमा टेकेर यो समस्या दीर्घकालीन रूपले समाधान गर्न राज्यका सबै अंगले सहकार्य गरून् । मेरो पालामा झैँ तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ ।”