• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली ★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली ★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी ★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु

समानुपातिकतर्फ १ करोड बढी मतगणना, एमालेले २६ लाख ९७ हजार



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड बढी मतगणना भएको छ ।

गणना अनुसार नेकपा (एमाले) ले एमालेले २६ लाख ९७ हजार ६ सय ६४ प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २५ लाख ५५ हजार १ सय ६१ मत प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले ११ लाख ४१ हजार २ सय ७३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७ सय ८९ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७० हजार ३ सय ४, जनता समाजवादी पार्टीले तीन लाख ९३ हजार पाँच सय ९९ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार जनमत पार्टीले तीन लाख ५४ हजार ३सय ८५ मत, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ८२ हजार एक सय ८९ मत प्राप्त गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४४ हजार तीन सय ४३, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ४८ हजार पाँच सय ६ , नेपाल मजदूर किसान पार्टीले ७३ हजार ६ सय २९, हाम्रो नेपाली पार्टीले ५३ हजार नौ सय १० , मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार आठ सय ५ र राष्ट्रिय जनमोर्चाले ४५ हजार सात सय तीन मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।