१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

पोखरामा अहिलेसम्मकै बाक्लो र धेरै असिना पर्‍यो

पोखरामा अहिलेसम्मकै बाक्लो र धेरै असिना पर्‍यो
अ अ+ अ-

पोखरा । आइतबार पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले टपक्कै छोपेको थियो ।

गुडिरहेका बसहरु रोकिएका थिए्, बाटो हिँडिरहेका मान्छेहरु ओत बसेका थिए् । सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका छन् । बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी आउने आँकलन नभएकाले पोखराका बजार क्षेत्र अवरुद्ध भएको हो । असिनाले जनजीवन साथै व्यापार व्यवसाय प्रभावित भएको छ ।

बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको छ ।

अचानक परेको असिना पानीका कारण थुपै सवार बाटोमै रोकिएका थिए । त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको थियो । यसरी असिना परेको पहिलो पटक भएको स्थानीय थम्मन ठकुरीले वताउनु भयो । असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ । असिना पानीले अवरुद्ध मानिसहरु बाटोमै अलपत्र परेका थिए ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताउनु भयो  । उहाँले बेमौसमी तरकारी यसले ठूलो क्षेती पु¥याएको बताउनु भयो । ‘पोखराको हेम्जा र मालेपाटन लगायतका विभिन्न तरकारी खेती हुने क्षेत्रमा हसिनाले व्यापक क्षेती पु¥याएको छ । यसको यकिन भने फिल्डमा पुगेर नहेरी र किसानसंग जानकारी नदिई यति नै क्षेति भयो भन्न सकिन्न । तर, व्यापक क्षेति पु¥याएको छ’, उहाँको भनाई छ  ।

आलु, रायोलगायतका तरकारी बाली लगाएको जमिनमा केको खेति थियो भन्ने नै नदेखिनेगरी असिनाको खात लागेको देखिन्छ । असिनाका कारण चारपांग्रे सवारी साधन समेत चल्न नसक्ने अवस्था आएको देखिएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्हरुले बताएका छन । अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखरामा असिनाको खात (फोटोफिचर)