२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक अडान कमजोर हुन सक्ने सांसद मिश्रको चेतावनी राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका विश्वकपको नकआउट चरणमा



अ+ अ-

काडमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा इरानलाई १–० गोलले पराजित गर्दै समूह ‘बी’ बाट अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

अल थुमामा रंगशालामा अमेरिकालाई जित दिलाउन क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले ३८ औं मिनेटमा गोल गरेका हुन् । खेल बराबरी गरे अघि बढ्न पर्याप्त हुने इरान भने समूह चरणबाटै बाहिरिएको छ ।

इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्यो । अपराजित इंग्ल्यान्डले ३ खेलमा २ जित र १ बराबरीका साथ ७ अंक जोड्यो । अमेरिका ५ अंकसहित उपविजेता भएर नकआउट चरणमा पुग्यो । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्स समूह चरणबाटै बाहिरिए ।




भर्खरै