• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम भयोः ओली



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

अध्यक्ष ओलीले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमा रहेका गरिव नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराउनु भयो । ललितपुरस्थित पार्टीको केन्द्रिय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सुकुम्बासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा किन गरिएको पनि प्रश्न समेत गर्नु भयो ।

ओलीले सो बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कार अनुसार अघि बढन पनि काठमाडौं महानगरपालिका र सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो, ‘नकारात्मक ढंगले देश बन्दैन । हिजो बेलुका टिभीमा तपाईहरुले हेर्नु भयो होला सुकुम्बासी बस्तीमा तमासा । त्यहाँ तमासा गर्ने हाकिमहरुको भनाई–पुलिसले अभि मद्दत नै गरेन नत्र हामी जित्थ्यौं । तिनीहरुलाई पराजित गथ्र्यौं हामी । तिनीहरुलाई पराजित गरेर हामी त्यो बस्तीलाई ध्वस्त बनाउथ्यौं । शुत्र देशसँगको भाषा, शैली । त्यहाँ कुन शत्रु बसेका छन ? गरिव, गुरुवा बसेका छन । ती कुनै शत्रु त होइनन् । सरकारले पूरा मद्दत गरिदिएन । पुलिस समयमा आईदिएन ।

पुलिस समयमा आएको भए ठिक लाईन्थ्यो, सोझ्याईन्थ्यो । के भनेको त्यो ? चुप लागेर खोलाको किनारामा बसेका जनतालाई ठिक लगाएर कुन बहादुर पाईन्छ ? समस्याको समाधान गर्ने तरिका के हो ? के गरिव जनतालाई पराजित गरेर को विजयी हुने । यो जित–हारको प्रश्न होइन । यो समस्या समाधानको प्रश्न हो । बलबाट डेमोक्रेसीमा समस्या समाधान गरिदैन । लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण ढंगले समाधानमा पुर्याउनु पर्दछ । तर, त्यहाँ त सुकुम्बासी र राज्यका बीचमा हारजित जस्तो । आज नराम्रोसँग हार खानु पर्यो ।

सरकारका सबै अंगले साथ नदिएको हुनाले आज पराजित हुनुप¥यो । राम्ररी साथ दिएको भए हामी जित्थ्यौं । के भनेको त्यो ? हामी उडाई दिन्थ्यौं, भत्काई दिन्थ्यौं । तोडफोड गरिदिन्थ्यौं । तिनीहरुलाई हामी पराजित गरिहाल्थ्यौ नि हामी । तिनीहरुका ढुंगामुडाले के हुन्थ्यो गोली हानेको भए । अर्थ यिनै छन है । शब्द फरक भएपनि । भाव त्यही छ । अनि सरकारको आदेश अनुसार तिनीहरुलाई पराजित गरेर खाली गराउन डटेर लागेको छु । एउटा सुःख, सयलम बसेको मान्छेले गरिवका भावना र पीडाहरुलाई बुझ्न कठिन हुन्छ । उन्माद छ । त्यसले देशको समस्या समाधान हुँदैन । त्यो समस्या अर्को रुपमा फेरी बल्झिने छ । त्यसकारण सुकुम्बासी हाम्रा दाजुभाई, दिदीबहिनी हुन् । अलि गरिव भए । त्यसो भएर शत्रु घोषणा गरेर तिनीहरुलाई ठोक्नुपर्ने, मानुपर्ने, पराजित गर्नुपर्ने भन्ने कुरा होइन । समस्याको समाधान गर्नु पर्छ ।

सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर तयार भईसकेको बेलामा सरकार तत्काल फेर्नुपर्ने, आयोग भंग गर्नुपर्ने, अनि त्यो सुकुम्बासी समस्या समाधान आयोग चाँही कहाँ गयो नि । सुकुम्बासी समस्या समाधानका लागि आयोग छ । अर्कोतिर डोजर लगाएर सुकुम्बासीलाई पेलेको छ । अनि किन बनाएको आयोग ? डोजर लिएर जाने हो भने आयोग किन बनाएको, उनीहरुलाई तनाखा खुवाएर किन राखेको ? डोजर किने भयो नि १०÷२० वटा । ड्राईभरलाई तालिम दिएभयो डोजर चलाउन । छाप्रा भत्काउन डोजर । अचम्म त के भने–फुसका छाप्रा भत्काउन डोजर । कुनै पक्की बिल्डिङ भत्काउन हो र डोजर ? छाप्रा भत्काउन । मान्छे पेल्न डोजर । त्यहाँ त छाप्रा छन, मान्छे छन ।’

अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन जस्तो नभएको जिकीर समेत गर्नु भयो । निर्वाचनमा शान्तिपूर्ण वातावरणमा जनताले आफनो मत दिनुपर्नेमा सरकारले आतंकको वातावरण सृजना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उहाँको आरोप थियो । बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउन साटो स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको बताउनु भयो । उहाँले निर्वाचनमा खटिएका कर्मचारीहरुले सत्ता पक्षको आदेशको प्रवाह नगरी तटस्थ भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत दिनु भयो ।

ओलीले भन्नु भयो, ‘असक्त र केटाकेटीलाई पराजित गर्न त गएको होला सरकार । यो बेठिक भईराखेको छ । उन्माद सरकारको लोकतान्त्रिक आचरण, संस्कार छैन । त्यो आफ्नो ठाउँमा छ । यो निर्वाचन नै निर्वाचन जस्तो भएन । निर्वाचन निर्वाचन जस्तो नै भएन । निर्वाचन भनेको निर्भय वातावरणमा, शान्तिपूर्ण वातावरणमा जनताले आफ्नो अभिमत प्रकट गर्न पाउनु पर्छ । त्यो अभिमत प्रकट गर्न जनताले पाएन । बुथ कब्जा गरियो । मान्छे मारिए । गोली फायरिङ भयो । प्रहरीलाई गोली हान्न लगाइएको छ । हवाई फायरिङ गर्न लगाइएको छ । आतंकको वातावरण सृजना गर्ने र बुथ कब्जा गर्ने त्यत्ति हो । राज्यको काम शान्ति सुरक्षा कायम गर्ने हो, शान्ति खल्बल्याउने होइन । राज्यको काम जनताको जीउधनको सुरक्षा गर्ने हो ।

उसको अधिकारको सुरक्षा गर्ने हो । तर, राज्य एउटा लुटेराको रुपमा प्रस्तुत भएको छ । लोकतन्त्रमा यस्तो हुनु हुन्न । एउटा विद्यार्थीलाई कुटेर मार्दा पनि प्रशासन सुरक्षा दिन सक्दैन । अहिले बाजुरामा विरोध प्रर्दशन गरेवापत मार्ने अपराधीहरुलाई कमसेक गिरफतारी त गर कारबाही चलाउन भनेर विरोध प्रर्दशन गर्नेहरु २२ जनालाई गिरफदार गरिएको छ । अरुलाई खोज्दै छ । सिडियोले काम गर्न नसक्ने भनेपछि यसो गरेको भनेर सरकारको स्पष्टिकरण छ । यो दुःखद् लोकतन्त्रको नाममा गरिएको तमासा यो गठबन्धन सरकारले गरिराखेको छ ।

एमाले प्रमुख पार्टीमा त सजिलोसँग आउन सक्थ्यो । तपाईको खल्तीमा मेरोभन्दा बढि पैसा हुन सक्दछ । तर मैले लुटे भनेत तपाईको भन्दा मेरो बढि भईहाल्छ । अव अहिलेको गठबन्धनले त लुटेको छ । लुटे पछि त । पैसा बाँडे नकि । प्रहरी, प्रशासन राज्य संयन्त्रको दूरुपयोग गरे नकि । निर्वाचन आयोगका कर्मचारी नै पोलिटिकल्ली खटाउने काम गरियो । यो सबैलाई थाहा छ । सबैले सुनेको छ । पत्रपत्रिकाले पनि अलिअलि लेखेका छन । बोल्ने काम भएको छ । विरोध गर्ने काम भएको छ । अन्तिम निर्वाचनमा पनि सरकारले कर्मचारी फेरेको फेरेकै छ ।

आफ्ना भनेर पठाएको पठाएकै छ । सरकारका लागि सबै कर्मचारी आफ्ना हुन । म सेना, कर्मचारी, प्रहरी राष्ट्र सेवकहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । यस्तो तथानामका बाबजुद राष्ट्र सेवकहरु तटस्थ रहन इच्छा गरे । र, त्यो दृढता देखाए । तटस्थ रहेर निर्वाचन गराए धेरै ठाउँमा । म उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु । तटस्थ रहन सजिलो थिएन । यस्तो सरकार र कानुन होइन लाटलुटको आदेश दिने, जे भएपनि जित्नुपर्छ भनेर आदेश दिनेहरुको सरकार भएको ठाउँमा उहाँहरुले जुन कर्तव्य निर्वाह गर्नु भयो । र, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।

केही राष्ट्र सेवकहरुले आफ्नो कर्तव्य बिर्सिएर सरकारको आदेशको पालना भन्दै गलत क्रियाकलाप गरेका छन । उनीहरुले देशका विरुद्ध काम गरेका छन । जसरी यो गठबन्धनले देश विरुद्ध काम गरेको छ । हाम्रो संस्कृति चुनाव जित्नका लागि लोकतान्त्रिक भन्दै गर्ने, चरम अलोकतान्त्रिक र तानाशाही व्यवहार गर्ने क्रियाकलाप हाम्रो संस्कृति भित्र पर्दैन ।’

ओलीले चुनाव जित्नका लागि तानाशाही र चरम अलोकतान्त्रिक गतिविधि सरकारले गरेको पटकपटक दोहोर्याउनु भयो ।