४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम भयोः ओली

सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम भयोः ओली
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

अध्यक्ष ओलीले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमा रहेका गरिव नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराउनु भयो । ललितपुरस्थित पार्टीको केन्द्रिय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सुकुम्बासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा किन गरिएको पनि प्रश्न समेत गर्नु भयो ।

ओलीले सो बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कार अनुसार अघि बढन पनि काठमाडौं महानगरपालिका र सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो, ‘नकारात्मक ढंगले देश बन्दैन । हिजो बेलुका टिभीमा तपाईहरुले हेर्नु भयो होला सुकुम्बासी बस्तीमा तमासा । त्यहाँ तमासा गर्ने हाकिमहरुको भनाई–पुलिसले अभि मद्दत नै गरेन नत्र हामी जित्थ्यौं । तिनीहरुलाई पराजित गथ्र्यौं हामी । तिनीहरुलाई पराजित गरेर हामी त्यो बस्तीलाई ध्वस्त बनाउथ्यौं । शुत्र देशसँगको भाषा, शैली । त्यहाँ कुन शत्रु बसेका छन ? गरिव, गुरुवा बसेका छन । ती कुनै शत्रु त होइनन् । सरकारले पूरा मद्दत गरिदिएन । पुलिस समयमा आईदिएन ।

पुलिस समयमा आएको भए ठिक लाईन्थ्यो, सोझ्याईन्थ्यो । के भनेको त्यो ? चुप लागेर खोलाको किनारामा बसेका जनतालाई ठिक लगाएर कुन बहादुर पाईन्छ ? समस्याको समाधान गर्ने तरिका के हो ? के गरिव जनतालाई पराजित गरेर को विजयी हुने । यो जित–हारको प्रश्न होइन । यो समस्या समाधानको प्रश्न हो । बलबाट डेमोक्रेसीमा समस्या समाधान गरिदैन । लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण ढंगले समाधानमा पुर्याउनु पर्दछ । तर, त्यहाँ त सुकुम्बासी र राज्यका बीचमा हारजित जस्तो । आज नराम्रोसँग हार खानु पर्यो ।

सरकारका सबै अंगले साथ नदिएको हुनाले आज पराजित हुनुप¥यो । राम्ररी साथ दिएको भए हामी जित्थ्यौं । के भनेको त्यो ? हामी उडाई दिन्थ्यौं, भत्काई दिन्थ्यौं । तोडफोड गरिदिन्थ्यौं । तिनीहरुलाई हामी पराजित गरिहाल्थ्यौ नि हामी । तिनीहरुका ढुंगामुडाले के हुन्थ्यो गोली हानेको भए । अर्थ यिनै छन है । शब्द फरक भएपनि । भाव त्यही छ । अनि सरकारको आदेश अनुसार तिनीहरुलाई पराजित गरेर खाली गराउन डटेर लागेको छु । एउटा सुःख, सयलम बसेको मान्छेले गरिवका भावना र पीडाहरुलाई बुझ्न कठिन हुन्छ । उन्माद छ । त्यसले देशको समस्या समाधान हुँदैन । त्यो समस्या अर्को रुपमा फेरी बल्झिने छ । त्यसकारण सुकुम्बासी हाम्रा दाजुभाई, दिदीबहिनी हुन् । अलि गरिव भए । त्यसो भएर शत्रु घोषणा गरेर तिनीहरुलाई ठोक्नुपर्ने, मानुपर्ने, पराजित गर्नुपर्ने भन्ने कुरा होइन । समस्याको समाधान गर्नु पर्छ ।

सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर तयार भईसकेको बेलामा सरकार तत्काल फेर्नुपर्ने, आयोग भंग गर्नुपर्ने, अनि त्यो सुकुम्बासी समस्या समाधान आयोग चाँही कहाँ गयो नि । सुकुम्बासी समस्या समाधानका लागि आयोग छ । अर्कोतिर डोजर लगाएर सुकुम्बासीलाई पेलेको छ । अनि किन बनाएको आयोग ? डोजर लिएर जाने हो भने आयोग किन बनाएको, उनीहरुलाई तनाखा खुवाएर किन राखेको ? डोजर किने भयो नि १०÷२० वटा । ड्राईभरलाई तालिम दिएभयो डोजर चलाउन । छाप्रा भत्काउन डोजर । अचम्म त के भने–फुसका छाप्रा भत्काउन डोजर । कुनै पक्की बिल्डिङ भत्काउन हो र डोजर ? छाप्रा भत्काउन । मान्छे पेल्न डोजर । त्यहाँ त छाप्रा छन, मान्छे छन ।’

अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन जस्तो नभएको जिकीर समेत गर्नु भयो । निर्वाचनमा शान्तिपूर्ण वातावरणमा जनताले आफनो मत दिनुपर्नेमा सरकारले आतंकको वातावरण सृजना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उहाँको आरोप थियो । बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउन साटो स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको बताउनु भयो । उहाँले निर्वाचनमा खटिएका कर्मचारीहरुले सत्ता पक्षको आदेशको प्रवाह नगरी तटस्थ भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत दिनु भयो ।

ओलीले भन्नु भयो, ‘असक्त र केटाकेटीलाई पराजित गर्न त गएको होला सरकार । यो बेठिक भईराखेको छ । उन्माद सरकारको लोकतान्त्रिक आचरण, संस्कार छैन । त्यो आफ्नो ठाउँमा छ । यो निर्वाचन नै निर्वाचन जस्तो भएन । निर्वाचन निर्वाचन जस्तो नै भएन । निर्वाचन भनेको निर्भय वातावरणमा, शान्तिपूर्ण वातावरणमा जनताले आफ्नो अभिमत प्रकट गर्न पाउनु पर्छ । त्यो अभिमत प्रकट गर्न जनताले पाएन । बुथ कब्जा गरियो । मान्छे मारिए । गोली फायरिङ भयो । प्रहरीलाई गोली हान्न लगाइएको छ । हवाई फायरिङ गर्न लगाइएको छ । आतंकको वातावरण सृजना गर्ने र बुथ कब्जा गर्ने त्यत्ति हो । राज्यको काम शान्ति सुरक्षा कायम गर्ने हो, शान्ति खल्बल्याउने होइन । राज्यको काम जनताको जीउधनको सुरक्षा गर्ने हो ।

उसको अधिकारको सुरक्षा गर्ने हो । तर, राज्य एउटा लुटेराको रुपमा प्रस्तुत भएको छ । लोकतन्त्रमा यस्तो हुनु हुन्न । एउटा विद्यार्थीलाई कुटेर मार्दा पनि प्रशासन सुरक्षा दिन सक्दैन । अहिले बाजुरामा विरोध प्रर्दशन गरेवापत मार्ने अपराधीहरुलाई कमसेक गिरफतारी त गर कारबाही चलाउन भनेर विरोध प्रर्दशन गर्नेहरु २२ जनालाई गिरफदार गरिएको छ । अरुलाई खोज्दै छ । सिडियोले काम गर्न नसक्ने भनेपछि यसो गरेको भनेर सरकारको स्पष्टिकरण छ । यो दुःखद् लोकतन्त्रको नाममा गरिएको तमासा यो गठबन्धन सरकारले गरिराखेको छ ।

एमाले प्रमुख पार्टीमा त सजिलोसँग आउन सक्थ्यो । तपाईको खल्तीमा मेरोभन्दा बढि पैसा हुन सक्दछ । तर मैले लुटे भनेत तपाईको भन्दा मेरो बढि भईहाल्छ । अव अहिलेको गठबन्धनले त लुटेको छ । लुटे पछि त । पैसा बाँडे नकि । प्रहरी, प्रशासन राज्य संयन्त्रको दूरुपयोग गरे नकि । निर्वाचन आयोगका कर्मचारी नै पोलिटिकल्ली खटाउने काम गरियो । यो सबैलाई थाहा छ । सबैले सुनेको छ । पत्रपत्रिकाले पनि अलिअलि लेखेका छन । बोल्ने काम भएको छ । विरोध गर्ने काम भएको छ । अन्तिम निर्वाचनमा पनि सरकारले कर्मचारी फेरेको फेरेकै छ ।

आफ्ना भनेर पठाएको पठाएकै छ । सरकारका लागि सबै कर्मचारी आफ्ना हुन । म सेना, कर्मचारी, प्रहरी राष्ट्र सेवकहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । यस्तो तथानामका बाबजुद राष्ट्र सेवकहरु तटस्थ रहन इच्छा गरे । र, त्यो दृढता देखाए । तटस्थ रहेर निर्वाचन गराए धेरै ठाउँमा । म उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु । तटस्थ रहन सजिलो थिएन । यस्तो सरकार र कानुन होइन लाटलुटको आदेश दिने, जे भएपनि जित्नुपर्छ भनेर आदेश दिनेहरुको सरकार भएको ठाउँमा उहाँहरुले जुन कर्तव्य निर्वाह गर्नु भयो । र, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।

केही राष्ट्र सेवकहरुले आफ्नो कर्तव्य बिर्सिएर सरकारको आदेशको पालना भन्दै गलत क्रियाकलाप गरेका छन । उनीहरुले देशका विरुद्ध काम गरेका छन । जसरी यो गठबन्धनले देश विरुद्ध काम गरेको छ । हाम्रो संस्कृति चुनाव जित्नका लागि लोकतान्त्रिक भन्दै गर्ने, चरम अलोकतान्त्रिक र तानाशाही व्यवहार गर्ने क्रियाकलाप हाम्रो संस्कृति भित्र पर्दैन ।’

ओलीले चुनाव जित्नका लागि तानाशाही र चरम अलोकतान्त्रिक गतिविधि सरकारले गरेको पटकपटक दोहोर्याउनु भयो ।