१५ मंसिर २०८१, शनिबार
,
Latest
परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कंदै लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि आज कहाँ–कहाँ काटिन्छ बिजुलीको लाइन ? आज बालाचतुर्दशी, देशभरका शिवालयहरुमा शतबीज छरियाे (फाेटाे फिचर) चीन जानुअघि प्रधानमन्त्रीलाई बुद्धिजीवीले के दिए सुझाव ? प्रधानमन्त्रीको चीन भ्रमणः बिआरआइमा नयाँ फ्रेमवर्क, झापा र डडेल्धुरालाई एक एक उपहार एनपीएलको तयारी पूरा : क्यान , उद्घाटन खेल जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्ने स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रक चलाउँदै टिकटक ‘लाइभ’मा आएका चालकलाई ट्राफिक प्रहरीको कारबाही



अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले टिकटक ‘लाइभ’ गर्दै ट्रक चलाउने चालकलाई कारबाही गरेको छ । ट्रक चलाउँदै टिकटक ‘लाइभ’ गर्ने चालक मनोजकुमार श्रेष्ठलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

सोमवार चितवनबाट काठमाडौँ जाँदै गरेको प्रदेश ०१ ००६ ख ३१७६ नम्बरको ट्रकका चालक श्रेष्ठले टिकटक लाइभमा बस्दै गाडी हाँकेका थिए । ‘एनआरबी’ नाम गरेका प्रयोगकर्ताले श्रेष्ठले टिकटक ‘लाइभ’ गर्दै गाडी चलाएको भनेर ट्राफिक प्रहरीलाई उजुरी गरेका थिए ।

फिस्लिङबाट काठमाडौँतर्फ गुडिरहेको अवस्थामा उनले टिकटक लाइभ गरेको र यसप्रकारको घटनाले जति बेला पनि दुर्घटना हुन सक्ने उजुरीका आधारमा श्रेष्ठलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक श्रेष्ठलाई जरिवाना र सचेतना कक्षासमेत दिइएको छ ।