१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी फ्रिडम पार्टीको घण्टी यहाँ पनि आयोः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकी फ्रिडम पार्टीको घण्टी नेपालमा पनि जस्ताको तस्तै लिएर आएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकी फ्रिडम पार्टीको घण्टी जस्ताको तस्तै लिएर आएको बताएका हुन् ।

अध्यक्ष ओलीले भने – ‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको घण्टी रवीजिले पनि लिएर आएका छन् । तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला ।’

यस्तै, अध्यक्ष ओलीले चुनावमा हुलदंगा गरेर र मान्छे मारेर नागरिकलाई मतदान गर्नबाट वञ्चित गरेको आरोप समेत लगाए । बाजुरामा विद्यार्थी मारिएको र हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्नेलाई प्रशासनले पक्रेको ओलीको आरोप छ ।

चुनावमा मान्छे मर्दा पनि नबोलेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको समेत आलोचना गरे ।