८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्दैछन् । धर्मनाथ यादवलाई हटाएर गत मंगलबारको मन्त्रिपरिषद् बैठकले शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त प्रदेश प्रमुख शेरचनले बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

 शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाई भएर गएका छन् । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् ।

यसअघि २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झा नियुक्त भएका थिए । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो ।




न्यूजपोलारबाट थप समाचार