काठमाडौं । आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । कोरोना संक्रमण पुनः बढ्न थालेपछि सीसीएमसीको बैठक बस्न लागेको हो । बैठक आज (शुक्रबार) अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने बताईएको छ ।
हिजो (बिहीबार) मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।











