९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

संसद् सुविधाबापत पाउने सबै सेवा सुबिधा सामाजिक कार्यमा समर्पण गर्ने प्रदेशसभा सदस्य गुरुङको घोषणा

संसद् सुविधाबापत पाउने सबै सेवा सुबिधा  सामाजिक कार्यमा समर्पण गर्ने प्रदेशसभा सदस्य गुरुङको घोषणा
अ अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश कास्की ३ ९१० का नवनिर्वाचित प्रदेशसभा सदस्य गणेशमान गुरूङले प्रदेश सरकारबाट आफूले पाउने सबै सुविधाबापतको सबै रकम गरिब ,असाहय, दीन दुःखी र सामाजिक कार्यमा समर्पण गर्ने बताउनुभएको छ ।

नेकपा ९एमाले० माछापुच्छ्रे गाउँपालिका कमिटीद्वारा आयोजित प्रतिनिधि सभा र प्रदेशसभाका लागि नवनिर्वाचित एमालेका उम्मेदवारलाई बधाई, मतदातालाई धन्यबाद र सुझाव सङ्कलन कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो ।

गुरूङले आफूलाई सूर्य चिह्नमा मतदान गरी विजयी गराउने सम्पूर्ण माछापुच्छ्रेबासीलाई धन्यवाद दिँदै जनताले रगत बगाएर ल्याएको अधिकारसँगै सङ्घीयतालाई मजबुत र बलियो बनाउनका लागि प्रदेशसभामा आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

गणतन्त्र आएपछि काडमाडौँ केन्द्रित सिंदरबार गाउँ गाउँमा आए पनि जनताले त्यो सुबिधा र सहजता नपाएको भन्दै त्यत्सलाई अझ साँच्चिकै गाउँ गाउँमा आएको महसुस बनाउनका लागि र प्रदेश सरकारले पाउनु पर्नै अधिकारका लागि आफू लागि पर्ने उहाँले बताउनुभयो ।

गाउको विकासका लागि आफ्नो पहिलो प्राथामिकता शिक्षा, स्वास्थ्य, पर्यटन कृषि र सडकका लागि जाने उहाँको भनाइ थियो ।