• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु ! ★   मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल

निर्वाचित प्रमाणपत्र लिएको दिनमै एक्शनमा उत्रिए सांसद बर्तौला



हेटौंडा । मकवानपुरका किसानले खेती बाली लगाउने समयमा पनि मल नपाएको गुनासो गरेपछी जिल्लाको क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौला कृषि सामाग्री कम्पनि लिमिटेडको मल गोदाममै गएर निरिक्षण गरेका छन् ।

सोमबार सांसद बर्तौला साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालय तथा कृषि सामग्री लिमिटेडको गोदाममा पुगेका हुन् ।

संघीय सांसदको रुपमा निर्वाचित भएपछी उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमाणपत्र लिने बित्तिकै किसानले समयमानै मल नपाएको गुनासो बढेपछि तत्काल मल वितरण गर्न निर्देशन दिन उनी एक्शनमा उत्रिएका हुन् ।

कृषि सामाग्री कम्पनि लिमिटेको हेटौंडा–२ शिद्धार्थ रोड स्थित गोदाममा गएर उनले निरिक्षण गर्दै तत्काल किसानलाई मल वितरण गर्न निर्देशन दिए ।

निर्वाचनमा उम्मेदवारी दिएका बेलामा हरेक समस्यामा आफू साथै रहेको उद्घोष गरेका बर्तौलाले आजैबाट आफ्ना क्षेत्रका नागरिकको समस्यामा सहजीकरणको काम सुरु गरेका हुन् ।

मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका लागि वितरणका लागि ल्याइएको मल गोदाममै थन्किएको छ । तर, स्थानीय तहका कर्मचारी र सहकारी संस्थाहरुका कारण समयमानै मल वितरण गर्न थप समस्या भएको कृषि सामाग्री कम्पनि लिमिटेडका प्रमुख प्रकाश ज्ञवालीले सांसद बर्तौला समक्ष बताए ।

किसानलाई आवश्यक परेको समयमा तत्काल मल वितरण गर्ने वातावरण तयार गर्नका लागि सांसद बर्तौलाले निर्देशन दिएका छन् ।