• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ:  रेखा शर्मा (अन्तर्वार्ता) ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कुशल मल्ल ४ रन जोडेर आउट ★   नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल १ रनमै आउट ★   नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ ★   आले: खमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित ★   नेपालले गुमायो पहिलो विकेट, आसिफ शून्य रनमै आउट ★   बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य ★   टाढाका विद्यार्थीलाई आवासीय सुविधा

जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँः उपाध्यक्ष नेम्वाङ



काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताउनुभएको छ ।

इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रासससगँ कुराकानी गर्दै उहाँले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गर्नुभयो ।

संविधानसभा अध्यक्ष नेम्वाङले भन्नुभयो, “जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ, जनताका अगाडि धेरै विषय र प्रश्न थिए । निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ ।” लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनादेशअनुसार चल्नुपर्नेमा जोड दिँदै पूर्वसभामुख नेम्वाङले जनताले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न दिएको निष्कर्ष अनुरुप आफ्नो दल अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई विश्वास छ, हामी मिलेर अघि बढ्दा मात्रै देश ठीक दिशातर्फ अघि बढछ ।” अहिलेको सफल निर्वाचनले संविधान कार्यान्वयन गर्न राम्रो वातावरण प्रदान गरेको बताउँदै नेता नेम्वाङले भन्नुभयो, “संविधान र नयाँ जनादेशको सन्देशअनुरुप जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ ।” मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता ननिम्त्याउने स्पष्ट पार्दै पूर्वसभामुख नेम्वाङले राष्ट्र र जनहितलाई केन्द्रमा अघि बढ्न सबै राजनीतिक दललाई सुझाव दिनुभयो ।