१५ मंसिर २०८१, शनिबार
,
Latest
सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि आज कहाँ–कहाँ काटिन्छ बिजुलीको लाइन ? आज बालाचतुर्दशी, देशभरका शिवालयहरुमा शतबीज छरिँदै चीन जानुअघि प्रधानमन्त्रीलाई बुद्धिजीवीले के दिए सुझाव ? प्रधानमन्त्रीको चीन भ्रमणः बिआरआइमा नयाँ फ्रेमवर्क, झापा र डडेल्धुरालाई एक एक उपहार एनपीएलको तयारी पूरा : क्यान , उद्घाटन खेल जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्ने स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यी बिच भेटवार्ता मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने कर्णाली याक्सबाट खेल्न शिखर धवन नेपाल आइपुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतियारसहितका प्रर्दशनकारीलाई नियन्त्रणमा नलिई हामी फर्किदैनौँः एसपी पाण्डे



file
अ+ अ-

काठमाडौँ । महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हातहतियारसहित प्रर्दशनमा उत्रिएकाहरुलाई नियन्त्रणमा नलिई आफूहरु नफर्किने चेतावनी दिनु भएको छ ।

सो बस्तीमा अनाधिकृत रुपमा बनाइएको टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैध रुपमा हातहतियार समेत प्रहार भएको उल्लेख गर्दै उहाँले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरुलाई कारबाही नगरी आफूहरु सो क्षेत्रबाट नफर्किने बताउनु भएको हो ।

सोमबार अपरान्हदेखि सो बस्तीमास्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुंगामुडा समेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित करिव १० जना सुरक्षाकर्मी घाइते भएका छन । अपराधिक गतिविधिमा संलग्न भएकाहरुले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरुलाई नियन्त्रणमा लिने र कानुन बमोजिम कारबाही हुने स्पष्ट पार्नु भयो ।

यता, स्थानीयले भने आफूहरुलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका छन् ।