८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् । धर्मनाथ यादवलाई हटाएर गत मंगलबारको मन्त्रिपरिषद् बैठकले शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाई भएर गएका छन् । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् ।

यसअघि २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झा नियुक्त भएका थिए । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो ।




न्यूजपोलारबाट थप समाचार