८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री शर्मा र चिनियाँ राजदुत यान्छीबीच शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्नुभएको छ । 

मन्त्रालयमा शुक्रबार भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै मन्त्री शर्माले चीनले अनुदानमा खोप उपलब्ध गराएकोमा आभार प्रकट गर्नुभयो । उहाँले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

भेटको क्रममा चिनिया राजदुत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गर्नुभयो ।

चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिईसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारीसमेत होउले गराउनुभयो ।




न्यूजपोलारबाट थप समाचार