५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

खुम्चिए मधेसवादी दल, नयाँ उदाए

खुम्चिए मधेसवादी दल, नयाँ उदाए
अ+ अ-

जनकपुरधाम । विसं २०६२/६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा (एमाले)ले चुनाव जितेको छ ।

यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमारी महतो (महासेठ) निर्वाचित हुनुभएको हो । शुक्रबार (मङ्सिर ९ गते) जनकपुरधामस्थित निधि भवनमा महतो निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम थियो । धनुषाको त्यही क्षेत्रबाट अघिल्लो पटक मधेस आन्दोलनका मुख्य नेतामध्येका एक राजेन्द्र महतोले नेपाली कांग्रेसका संस्थापक महेन्द्रनारायण निधि र उहाँका पुत्र कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि परिवारको विरासत भत्काउनुभएको थियो ।

यता झाले निर्वाचनमा पराजय भएको औपचारिक घोषणा हुँदै गर्दा थियो, उता यही क्षेत्र छोडेर सर्लाही–२ पुग्नुभएका राजेन्द्र महतो पनि पराजित  हुनुभयाे । महतोलाई चुनौती दिने नेता हुनुहुन्थ्यो, मधेश आन्दोलनकै अगुवा महेन्द्र राय यादव । मधेसी नागरिकलाई सङ्गठित गरी अधिकारको आन्दोलनमा लामबद्ध गर्नेमध्येका मुख्य नेता तत्कालीन मधेसी जनअधिकार फोरमका संस्थापक र अहिलेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पराजय बेहोरेको घोषणा भइसकेको थियो, त्यो पनि मधेश अधिकार आन्दोलनकै नाराले उदायका डा सिके राउतबाट । उता महतो आफ्नै सहकर्मीबाट हार्दै हुनुहुन्थ्यो, यता झा आफ्नै सहयात्री दल जसपाकै असहयोगले हार्दै हुनुहुन्थ्यो ।

“भाइ फुटे गवार लुटे भनेको यही त रहेछ हजुर”, अन्तिम चुनावी परिणाम सुनिरहेकामध्येका जनकपुरधाम–३ का ६१ वर्षीय राजेन्द्र भगत भन्दै हुनुहुन्थ्यो, “यति छिट्टै यस्तो होलाजस्तो लागेको थिएन ।” उहाँले मधेसमा एकल सरकार बनाउन सक्ने हैसियत बनाएका दल रक्षात्मक अवस्थामा पुगेको देखेर आफूलाई निकै दुःख लागेको बताउनुभयो । ‘खुसी हुने कि दुःखी’ अन्योलमा हुनुहुन्थ्यो जनकपुरधाम–१ का ६५ वर्षीय धनीवीर दास पनि । “हिजो हामी पनि उहाँहरु सँगसँगै लडेको हो अधिकारका लागि तर अहिले सबै अलगअलग हुनुहुन्छ”, उहाँले भन्नुभयो, “त्यसको फाइदा त अरुले उठाए नि ! यो दुःखद् हो ।”

जनकपुधाम–४ का ५८ वर्षीय फुलगेन साहले अहिलेको परिणामले आफूलाई आश्चर्य नलागे पनि मधेस आन्दोलनका नेताहरुले चुनाव हारेकामा नराम्रो लागेको प्रतिक्रिया दिनुभयो । “राम्रो त भएन तर के गर्नु जनता रिसाएपछि”, साह भन्नुहुन्छ, “अधिकारको नाराले मात्रै केही हुँदैन, अवसर पाएको बेला काम गर्नुप¥यो नि ।” सोही ठाउँका २१ वर्षीय अनुराज झा पनि यस्तै भन्दै हुनुहुन्थो, “जनता बदलाव चाहन्छन्, अवस्थामा बदलाव । न बदलाव भयो न नेताहरु बदलिए, न त उनीहरु एक ठाउँमा भए । त्यसैले परिणाम यस्तो आयो ।”

देशभर चुनावको अन्तिम परिणाम आउने क्रममा छ । मधेस प्रदेशमा पनि चुनावी चित्र प्रष्ट भइसकेको छ ‘अरु चम्किए, मधेसवादी खुम्चिए’ । यो परिणामका विविध पाटाको समीक्षा हुँदै जानेछ । मधेस प्रदेशको राजधानी जनकपुरधाम धनुषामा भने मतगणनाको प्रारम्भिक नतिजासँगै बहस सुरु भइसकेको छ । यहाँका युवादेखि वृद्ध, व्यापारीदेखि ग्राहक, जागिरेदखि बुद्धिजीवी सबैले यसपटकको निर्वाचनको परिणामप्रति चासो व्यक्त गरिरहेका छन् ।

‘मधेस आन्दोलनका महारथी एकले जिते दुईले हारे’

भनिन्छ चुनावमा हारजीत स्वाभाविक हो । देशभरि पटकपटक मन्त्री र पार्टी सत्तामा पक्कड भएका नेताहरु पनि राजनीतिको कखरा सिक्दै गरेकाहरुबाट पराजित भएका छन् । मधेसमा पनि त्यस्तै तर केही फरक भएको छ । यहाँ विकल्पको रुपमा नयाँलाई कम पुरानै पार्टीतर्फ बढी जनमत फर्किएको छ । पार्टी नेता तर चुवावमा स्वतन्त्रको हैसियतमा भएकाहरु चम्किएका छन् ।

मधेस राजनीतिका तीन महारथी महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोमध्ये एक जनाले मात्रै जित्नुभएको छ । ठाकुरले महोत्तरी ३ मा हिजोको सहयात्री दल जसपाका उम्मेदवार हरिनारायण यादवलाई पराजित गर्नुभएको छ । महतोले सर्लाही २ मा लामो समय सहयात्रा गरेका महेन्द्र राय यादवबाट हार बेहोर्नुपरेको छ । यादवले सप्तरी २ मा मधेशीकै मुद्दाले स्थापित जनमत पार्टीका अध्यक्ष डा सिके राउतबाट पराजय हुनु परेको छ । त्यसैले पनि मधेसको हार र जीत दुवै विशेष छ । यहाँ हार्ने आफ्नै, हराउने पनि आफ्नै ।

विश्लेषक रोशन जनकपुरी पनि अरु ठाउँको भन्दा मधेसको हारजीत फरक र विशेष रहेको बताउनुहुन्छ । “मधेसकै मुद्दा उठाएर स्थापित हुन खोजेको जनमत पार्टीले जनमत बढाउँदै गएको छ, हार्ने ठाउँमा पनि यिनै दलका उम्मेदवार निकटतम प्रतिस्पर्धी छन्”, उहाँले भन्नुभयो, “आपसमा लडेपछिको परिणाम यस्तै त हुन्छ ।” उहाँले मधेसवादी दलले अवसर पाएका बेला जनअपेक्षाअनुसार काम गर्न नसकेकाले जनविश्वास भड्किँदै गएको बताउनुभयो । “हिजोका मुद्दा यथावत छन्, मधेसवादी दलहरुमा राजनीतिक चरित्र अस्थिर रह्यो, त्यसकै प्रतीकात्मक अभिव्यक्ति हो अहिलेको परिणाम”, जनकपुरी भन्नुहुन्छ, “जनतामा के मा र किन मत दिने भन्ने द्विविधा त थियो नै, मत विभाजित भएपछि अरुले फाइदा उठाए ।”

अर्का विश्लेषक डा राजेन्द्र विमल पनि मधेशवादी दलहरुले यहाँबाट आर्जित शक्तिलाई मधेशका मुद्दा सम्बोधन गर्नेतर्फ सही रुपमा प्रयोग नगरेकै कारण जनताले आशा र निराशासहित अभिमत जाहेर गरेको बताउनुभयो । “अहिले देशभरि जनताहरु आक्रामक छन्, यहाँका नेताहरुले पनि मधेसका जनताको भावना बुझ्न सकेनन्”, डा विमलले भन्नुभयो, “मधेसका मुद्दा सम्बोधन गर्न इमान्दार प्रयत्न नभएको लागेरै जनताले यस्तो गरेका हुन सक्छन् ।”

यसपाली मधेस आन्दोलनका सहयात्री दलहरु फरकफरक कित्तामा उभिएका कारणले त हुँदै हो विगत पाँच वर्षमा प्रदर्शन गरेको अस्थिर राजनीतिक चरित्र पनि मधेसवादी दलहरुलाई महँगो परेको धेरैको बुझाइ छ । हुन पनि विसं २०७४ मा गठबन्धन र पछि पार्टी एकता गरेका नेताहरु सत्ता राजनीतिकै कारण फेरि फुटे । उम्मेदवारी दर्ताको केही दिन अघिसम्म सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी अन्तिम समयमा प्रतिपक्षी एमाले कित्तामा गयो । एमाले कित्तामै रहेको लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँग सहकार्य ग¥यो । पुराना सहयात्री यी दलको यही व्यवहारलाई जनताले मन नपराएको डा सुरेन्द्र लाल बताउनुहुन्छ ।

उहाँले राष्ट्रिय पार्टी र मधेशवादी दलबीचको फरक नछुटेकै कारण मधेशका जनता पनि विभाजित भएको बताउनुभयो । “हुन त काठमाडौँमा जे भयो मधेसमा पनि त्यही भयो”, डा लालले भन्नुभयो, “फेरि किन मत हाल्ने भन्ने बारे जनतालाई आश्वस्त पार्न नसकेपछि हुने यस्तै हो ।”

पुरानै पार्टीतिर फर्कियो जनमत

पाँच वर्षअघि तत्कालीन सङ्घीय समाजवादी फोरम (हालको जसपा) र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले आफ्नै बलबुतामा प्रतिनिधिसभाका ३२ मध्ये १९ र प्रदेशसभामा ६४ मध्ये ३४ सिट जितेका थिए । त्यसबेला सङ्घीय समाजवादी फोरमले प्रतिनिधिसभामा नौ र प्रदेशमा १९ तथा राजपाले प्रतिनिधिसभामा १० र प्रदेशमा १५ स्थानमा जितेको थियो । यसपटक भने फरक कित्तामा रहेका यी दुई पार्टीमध्ये जसपाले प्रतिनिधिसभामा छ र लोसपाले तीन गरी नौ स्थानमा जीत निकालेका छन् । त्यसैगरी प्रदेशसभामा क्रमशः नौ र सात गरी १६ स्थानमा जितेका छन् ।

यी दुई पार्टीले समग्रमा प्रतिनिधिसभामा नौ र प्रदेशसभामा १८ सिट गुमाएका छन् । यी सिटमध्ये मधेशवादी दल जनमत पार्टीले प्रतिनिधिसभाको एक र प्रदेशसभाको छ स्थान ओगटेको छ । समग्रमा जसपा र लोसपाबाहेकका पार्टी तथा स्वतन्त्रले प्रतिनिधिसभाका २३ र प्रदेशसभाका ४८ स्थान आफ्नो पक्षमा पारेका छन् । जबकी अघिल्लो पटक प्रतिनिधिसभामा र प्रदेशसभामा क्रमशः दुई र १४ स्थानमा जितेको एमालले यो पटक प्रतिनिधिसभामा आठ र प्रदेशसभामा १४ स्थान जितिसकेको छ ।

प्रदेशसभाको परिणाम आउन बाँकी एक सिटमा एमाले उम्मेदवार अगाडि छन् । त्यसैगरी अघिल्लो पटक प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिटमै चित्त बुझाएको कांग्रेसले यो पटक प्रतिनिधिसभामा एक सिट बढाएर सात र प्रदेशमा चार सिट बढाएर १३ पु¥याएको छ ।

प्रतिनिधिसभाको परिणाम आउन बाँकी एक सिटमा कांग्रेस उम्मेदवार अगाडि छन् । मधेशवादी दल मात्रै होइन, अरु पार्टीभन्दा मधेस पक्षधर भनिएको माओवादी केन्द्रले पनि प्रतिनिधिसभामा अघिल्लो पटक जितेको ९पाँच० सिटबाट चार र प्रदेशमा (अघिल्लो पटक छ) दुई सिट गुमाएर चार सिटमा चित्त बुझाएको छ । यसबाहेक एमाले विभाजन गरेर बनाइएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार स्थान सुरक्षित गरेको छ ।

सङ्ख्यात्मकरुपमा अब सबै मधेशवादी दलहरु मिलेर पनि प्रदेश सरकार बन्ने अवस्था गुमेको छ । अघिल्लो पटक जसपा र लोसपा मिलेर एकल सरकार बनेको थियो । देशमा राजनीतिक उथलपुथल हुँदा पनि जसपा नेतृत्वको मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले पाँचै वर्ष सरकार चलाउनुभएको थियो । तर अब मूलधारका राष्ट्रिय पार्टीको सहयोगबिना सरकार बन्न नसक्ने अवस्था आएको छ ।

आशा र निरासाको अभिव्यक्ति

विश्लेषक जनकपुरी मधेसमा मधेसवादी पार्टी र समग्रमा मधेस र उत्पीडित जनताको पक्षधर मानिएको माओवादी शक्ति कमजोर हुनुको सङ्केत राम्रो नभएको बताउनुहुन्छ । “मधेसको कुरा गर्दा मधेसवादी दलमा आएको मत फेरि पुरानै पार्टीतिर फर्किन सुरु भएको छ । समग्रमा परिवर्तनका पक्षधर दलप्रतिको आक्रोस मतदानबाट पनि पोखिएको छ”, उहाँले भन्नुभयो । उहाँले मधेसी तथा परिवर्तनकारी जनतामा संवेदना बाँकी नै रहेकाले हिजो गरिएका वाचा पूरा गर्न र गुम्न थालेको साख फर्काउन इमान्दार प्रयत्न गर्न लाग्नु नै दलका लागि हितकर हुने बताउनुभयो ।

विश्लेषक डा राजेन्द्र विमलले नयाँ पुस्ता र नयाँ पार्टीको उदयलाई देशले परिवर्तन चाहेको अर्थमा बुझ्न सकिए पनि राष्ट्रिय एकता र परिवर्तनको मुद्दा बोक्ने कमजोर हुँदै जानु राम्रो नभएको बताउनुभयो । “अहिलेको परिणाम आशा र निराशाको समिश्रण मात्रै हो । नेता र दलहरु नबदलिएमा जनता त बदलिन्छन् नै”, डा विमलको भनाइ छ, “अविश्वासले आक्रोसको रुप लिनुअघि नै हामी सबै बदलिन जरुरी छ । पक्कै सुन्दर बिहानी आउँछ । अँध्यारा पक्ष मेटिदै जान्छन् ।”

विश्लेषक डा सुरेन्द्र लालले पनि अहिलेको परिणामले मधेसवादी र परिर्वतनकारी शक्तिहरुले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताउनुहुन्छ । जे गरे पनि जनताले मत हालिहाल्छन् भन्ने मनोविज्ञानलाई अहिलेको परिणामले बदल्न चेतावनी मात्रै दिएको भन्नुहुँदै डा लालले दलहरु बाँकी समय पनि नेताहरु नसुध्रिएमा समस्या हुने बताउनुभयो । “सत्ता र शक्तिका लागि आजसम्म भएका क्रियाकलापले सबै एकै त हुन् नि भन्ने अवस्था बनेको छ । राष्ट्रिय पार्टी र मधेसवादी दलहरुको फरक छुटिएन । जनजीवीका, सामाजिक रुपान्तरण र समृद्धिका मुद्दा नारामै सीमित भए”, डा लालले भन्नुभयो, “अब आर्थिक सामाजिक रुपान्तरण र समृद्धिका लागि कार्यशैली बदल्न जरुरी भइसकेको छ । नभए जनताका अगाडि सधै विकल्प हुन्छन् ।”

देशभरको अवस्था हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी सोचेभन्दा बढी नै फैलिएको छ । परम्परागत शक्ति राप्रपाले पहिलेभन्दा बढी शक्ति सञ्चय गरेको छ । मधेसमा पनि पुरानै पार्टीहरुको पनर्योदय सुरु भएको छ । यद्यपि जनमत पार्टीले यहाँ पनि नयाँ उचाइ लिएको छ । कुनैबेला मधेस विरोधी पार्टी भन्ने गरिएको एमाले अहिले यस प्रदेशमा सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुँदैछ । मधेसवादी दल तेस्रो÷चौथो स्थानमा खुम्चिँदै छन् । रासस