५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

कर्णाली प्रदेशसभा: नयाँ अनुहारको वर्चश्व

कर्णाली प्रदेशसभा: नयाँ अनुहारको वर्चश्व
अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै रहनुभएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले नेकपा ९एमाले०का छक्कबहादुर लामालाई हराउनुभएको हो । उहाँ यसअघिका प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा (१) बाट वीरबहादुर शाही र सुर्खेत २ (२) बाट नेकपा (माओवादी केन्द्र)का विन्दमान विष्ट रहनुभएको छ ।

एमालेका संसदीय दलका नेतासमेत रहनुभएका यामलाल कँडेल सुर्खेत २ (१) बाट निर्वाचित हुनुभएको छ । प्रदेश (२) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ उहाँ यसअघि प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । उहाँले एमालेका खिमबहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

यस्तै दैलेख २ (२) मा एमालेका विनोदकुमार शाह विजयी हुुनुभएको छ । उहाँले केही समयअघि एमाले त्यागेका पूर्वसहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गर्नुभएको हो । उहाँ यसअघि प्रतिनिधिसभा सदस्यसमेत भइसक्नुभएको छ ।

कालीकोट प्रदेशसभा (१) बाट माओवादीका दुर्गबहादुर रावत प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ यसअधि प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्थ्यो । रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गर्नुभएको हो । कर्णालीले निर्वाचित गरेका नयाँ अनुहार भने १८ जना रहनुभएको छ । सुर्खेत १ (१) बाट कांग्रेसका खड्ग पोखरेल पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दै हुनुहुन्छ । उहाँ एमालेका निवर्तमान सांसद ठम्बर विष्टलाई हराएर विजयी हुनुभएको हो ।

यस्तै, १ (२) का कृष्ण जिसी पनि नयाँ अनुहार हुनुहुन्छ । माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गर्नुभएको छ । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहेका घनश्याम भण्डारी पनि पहिलोपटक प्रदेशसभामा प्रवेश गर्दै हुनुहुन्छ । राजनीतिमा आउनुअघि पत्रकारसमेत रहुनुभएका भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ (१) मा पराजित गर्नुभएको हो ।

यस्तै, दैलेख १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बिसी विजयी हुनुभएको छ । खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गर्नुभएको हो । सल्यान (१) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी हुनुभएको छ । शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गर्नुभयो भने (२) मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजङ्ग शाहलाई पराजित गर्नुभएको छ ।

यस्तै, रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सदस्य निर्वाचित हुनुभएको छ । रुकुम पश्चिम प्रदेशसभा (१) मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गर्नुभएको छ । यस्तै (२) मा राजकुमार शर्मा विजयी हुनुभएको छ । उहाँले एमालेका कर्णबहादुर घर्तीलाई पराजित गर्नुभयो । जाजरकोट प्रदेशसभा (१) मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित हुनुभएको छ ।

कालीकोट प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँले एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गर्नुभएको छ । डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित हुनुभयो ।

हुम्ला प्रदेशसभा (१) बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उहाँका प्रतिस्पर्धी स्वतन्त्रका मङ्गलबहादुर शाही पराजित हुनुभयो । यस्तै मुगु (१) मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गर्नुभयो । यस्तै, मुगु (२) मा माओवादीका मङ्गलबहादुर शाही पनि विजयी हुनुभएको छ । उहाँले एमालेका कर्णबहादुर मल्ललाई पराजित गर्नुभएको छ ।

यस्तै, जुम्ला प्रदेशसभा (१) मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । उहाँले कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीलाई पराजित गर्नुभएको छ । यस्तै जुम्ला (२) मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित हुनुभयो । रासस