• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै ★   टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो ! ★   दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा ★   सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु ★   विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौँ: परराष्ट्रमन्त्री श्रेष्ठ ★   कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ ★   आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ ★   गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता ★   जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटियो ★   हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न गृहको ३ बुँदे निर्णय

हिटर ताप्दा ध्यान दिनुपर्ने विशेष कुराहरु



काठमाडौं । हिउँदे मौसमको सुरुवातसँगै जाडो छल्नका लागि भनेर ब्लोअर वा हिटर प्रयोग गरिन्छ । तर, यी सामान उपयोग गर्न नजान्दा स्वास्थ्यमा असर पर्नेमात्र नभएर दुर्घटनासमेत हुन सक्ने भएकाले यी कुरामा ध्यान दिनु जरुरी छ ।

–हिटरबाट उत्पन्न हुने कार्बन मानोक्साइड ग्यास स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसर्थ, कोठा बन्द गरेर हिटर कहिल्यै पनि बाल्नुहुँदैन ।

–हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई सँधै बन्द आवश्यक छ । राति सुत्नेवेला पूर्ण रुपमा हिटर बन्द गर्नुपर्छ ।

–नजिकै बसेर हिटर ताप्नुहुँदैन । यसले छाला सुख्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखापर्छन् ।

–बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नुहुँदैन । मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नुहुँदैन ।

पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुख्खा हुने समस्याबाट बचाउँछ । छिट्टै आगोले टिप्ने वस्तु हिटरअगाडि राख्नुहुँदैन ।