२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिटर ताप्दा ध्यान दिनुपर्ने विशेष कुराहरु



अ+ अ-

काठमाडौं । हिउँदे मौसमको सुरुवातसँगै जाडो छल्नका लागि भनेर ब्लोअर वा हिटर प्रयोग गरिन्छ । तर, यी सामान उपयोग गर्न नजान्दा स्वास्थ्यमा असर पर्नेमात्र नभएर दुर्घटनासमेत हुन सक्ने भएकाले यी कुरामा ध्यान दिनु जरुरी छ ।

–हिटरबाट उत्पन्न हुने कार्बन मानोक्साइड ग्यास स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसर्थ, कोठा बन्द गरेर हिटर कहिल्यै पनि बाल्नुहुँदैन ।

–हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई सँधै बन्द आवश्यक छ । राति सुत्नेवेला पूर्ण रुपमा हिटर बन्द गर्नुपर्छ ।

–नजिकै बसेर हिटर ताप्नुहुँदैन । यसले छाला सुख्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखापर्छन् ।

–बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नुहुँदैन । मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नुहुँदैन ।

पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुख्खा हुने समस्याबाट बचाउँछ । छिट्टै आगोले टिप्ने वस्तु हिटरअगाडि राख्नुहुँदैन ।