• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

हार निश्चित भएपछि सञ्चारमन्त्रीले मतगणना कार्य अवरुद्ध पारेः एमाले उम्मेदवार कुसियत



सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका नेकपा (एमाले) का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाउनुभएको छ ।

मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उहाँको जिकिर थियो ।

सञ्चारमन्त्री कार्कीले शनिवार (हिजो) अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमति जुटाएर मतगणनाको कामलाई सुचारु गराउन आईतवार (आज बिहान)सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढ्न सकेको छैन ।  एमाले उम्मेदवार कुसियतले भने बाँकि रहेको मत गणना कार्य तत्काल शुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताउनु भयो । आफूहरुको सो अडान कानूनसम्मत भएको दाबी गर्दै उहाँले त्यसबाट पछि हट्न नसकिने पनि स्पष्ट पार्नुभयो ।

कुसियतले भन्नुभयो, ‘यहाँ हाम्रो भनाई के हो भने मतगणना जहाँ रोकिएको छ, त्यसलाई सुचारु गरौं । बाँकि रहेको मतगणना अविलम्व शुरु गरौं । तर माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूको भनाई के हो भने अहिले निर्वाचन आयोगले गरेको मतगणना र उसले जुन सूचना प्रकाशित गरेको छ । त्यसलाई क्यान्सिल गरेर रिमतगणना गरांै भनेर उहाँको जिकीर हो ।’

‘त्यसैमा हाम्रो डिबेट चलिराखेको छ । एमालेको कानूनसम्मत अडान हो । हामीले कानूनलाई हातमा लिन खोजेका छैनौं । एमालेले स्पष्ट के भनेको छ भने कानूनमा के भन्छ रु जो मतगणना भयो । त्यसलाई छोडौं । बाँकि रहेको मतगणना शुरु गरौं । उहाँले सायद मानसिक रुपमा हार स्वीकार गरी सक्नुभएको छ । म हारिरहेको छु, त्यो हारलाई कसरी बचाउने भनेर उहाँले बखेडा झिक्नुभएको मात्रै हो ।’

यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमति जुटाएर मतगणना कार्य सुचारु गराउन पहल भइरहेको जनाएको छ ।