५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

गणना सकिँनै लाग्दा बाँकी रहेका ६ ठाउँको अपडेट यस्तो छ

गणना सकिँनै लाग्दा बाँकी रहेका ६ ठाउँको अपडेट यस्तो छ
file
अ+ अ-

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिनिधिसभातर्फ ६ स्थानको नतिजा आउँन अझै बाँकी रहेको छ ।

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये कहीँ गणना बीचमा रोकिएको छ भने केही ठाउँमा धेरै मत गन्नुपर्ने भएकाले समय लाग्ने बताइएको छ । दोलखा, स्याङ्जा, बाजुरामा भने अझै गणना सुरू भएको छैन ।

इलाम १ मा अझै १२ हजार ११९ मत गन्न बाँकी रहेको छ । हालसम्म यहाँ एमालेका महेश बस्नेत अग्र स्थानमा रहेका छन् । शनिबार यस क्षेत्रमा धाँधली भएको भन्दै पुनस् मतदानको माग गरेपछि विवाद बढेको थियो ।

उदयपुर १ मा नेपाली कांग्रेसका नारायण खड्काले १७१३ ले मतान्तर बढाउदै अग्रता कायम राखेका छन् । खड्काले २१ हजार ८३३ मत ल्याउँदा एमालेकी मञ्जुकुमारी चौधरी २० हजार १२० मत ल्याएर पछ्याइरहेकी छन् ।

त्यस्तै, सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १३ हजार ११७ मत ल्याएर अग्रस्थानमा रहेकी छन्। जसपाका अशोककुमार राईले १२ हजार ७०७ र माओवादीका मुक्‍सामहाङ्ग सुब्‍बाले १० हजार ११६ मत ल्याएका छन् ।

सुनसरीको क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले २२ हजार ८४२ मतसहित लिड गरिरहेकी छन् । कांग्रेसका विजयकुमार गच्छदार १८ हजार २६७ मतका साथ पछ्याइरहेका छन् ।

विवादपछि रोकिएको सुनसरी ४को गणना भने १७ घण्टा बित्दासम्म सुरू भएको छैन । अहिले यहाँ सर्वदलीय बैठक बसिरहेको छ । कांग्रेस उम्मेदवार सञ्चारमन्त्री कार्कीले धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो ।

मधेसको धनुषा ४ मा नेपाली कांग्रेसका महेन्द्र यादव १०२१ मतले अगाडि छन् । उनलाई नेकपा एमालेका सचिव रघुवीर महासेठले पछ्याइरहेका छन् । ५५ हजार मत गणना गर्दा यादवले २१ हजार २२४ र महासेठले २० हजार २०३ मत पाएका छन् ।