काठमाडौं । चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपालले खरिद गरेको ४० लाख डोजमध्येको अन्तिम खोप अन्तर्गत सो परिमाणको खोप शुक्रबार काठमाडौं आइपुगेको हो । पाँचौ पटक नेपाल वायुसेवा निगमको वाइडवडी ३३० जहाजले बेइजिङबाट थप खोप ल्याएसँगै ४० लाख खोप काठमाडौं आइपुगेको छ ।
सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप खरिद गरेको थियो ।
चीनबाट यो खोप आएसँगै नेपालमा कोरोना भाइरसविरूद्धको खोप ९७ लाख ८२ हजार डोज आइपुगेको छ । प्रत्येक नेपालीलाई कोभिडविरुद्धको खोप लगाउन सरकारले यस अघि नै खोप खरिदका लागि ४८ अर्ब बजेट सुनिश्चित गरिसकेकोले थप खोप खरिद प्रक्रियासमेत शुरु गरिसकेको छ ।











