८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्धारा पदभार ग्रहण (भिडियोसहित)



अ+ अ-

बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गर्नु भएको छ ।

प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको मर्म र भावना भन्दा फरक ढंगले हिँडने स्थिति नआओस् भन्ने आफ्नो कामना रहेको समेत स्पष्ट पार्नु भयो । उहाँले आफूलाई संविधानले दिएको अधिकारभन्दा बाहिर जाने छुट नभएको पनि बताउनु भयो । “यो संविधानभन्दा माथि हामी कोही पनि छैनौं । म यहाँ आएको छु । यो संविधानले निर्दिष्ट गरेको विषयहरु भन्दा बाहिर जाने अधिकार मलाई छैन ।” नवनियुक्त प्रदेश प्रमुख शेरचनले भन्नु भयो,“संविधानलाई आफू अनुकूल ब्याख्या गर्ने वा संविधानको मर्म र भावना भन्दा फरक ढंगले हिँडने स्थितिहरु देशमा नआओस्, त्यस्तो देख्न नपरोस् भन्ने नेपाली जनताको चाहना छ ।”

प्रदेश प्रमुख शेरचनले सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीहरुसँग सहकार्य गरेर प्रदेशका जनताको हितमा काम गर्न भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले आफू वरिपरीकालाई हेर्ने काम जनता र राष्ट्रको हित विपरित हुने भन्दै त्यस्तो काम आफूबाट नहुने बताउनु भयो ।

शेरचनले गण्डकी प्रदेश प्रमुखको पनि जिम्मेवारी सम्हाल्नु भएको थियो । गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकले उहाँलाई लुम्विनी प्रदेश प्रमुखमा पुनः नियुक्त गरेको थियो ।




न्यूजपोलारबाट थप समाचार