काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्ने भका छ । कार्यसचिव शेरबहादुर तमाङ्गका अनुसार तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउसो ३ बजे बैठक बस्ने तय भएको छ ।
बैठकमा केन्द्रीय विभागहरुलाई पूर्णता दिने , विधान महाधिवेशन तयारी र पार्टी सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको पनि उहाँले जानकारी दिनुभयो ।











