• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

२०७२ सालको संविधान र विवेकहीन हामी नेपाली मतदाता



विसं २०७२ मा जारी भएको संविधानले नेपाल र नेपालीको हित गर्दैन र यसले मुलुकलाई ठुलै दुर्घटनातर्फ डोर्याउँदै छ भन्ने कुरा भरखर सम्पन्न आमचुनावले पनि देखाइदिएको छ ।

हालैमा सम्पन्न आम निर्वाचनले कायम रहेको राजनीतिक तरलताबाट मुलुकलाई निकास दिनुको सट्टा झनै तरलताको दलदलमा फसाउने स्पष्ट देखिएको छ । हामी नेपाली मतदाता पनि विवेकहीन नै हौँ । किनकी सबै दृष्टिकोणबाट मुलुकलाई असफल बनाएका, कुशासन तथा भ्रष्टाचारको दलदलमा फसाउने, सिद्धान्तहीन अपवित्र गठबन्धनका नायक एवं हार्ने डरले आफ्नो क्षेत्रबाट भागेकालाई छानी छानी हराउनुको सट्टा तिनैमध्ये अधिकांशलाई निर्वाचित गर्न पुग्यौँ । जिताउनु पर्नेलाई हरायौँ । यिनैको प्रतिफल एक पटक फेरि चरमसत्ता लिप्साबाट केन्द्रीत अपवित्र गठबन्धनबाट शासित हुन बाध्य हुनु पर्ने अवस्थामा पुगेका छौँ ।

यस्तोमा पनि सागर ढकाल जस्ता केही उम्मेदवार हारेर जितेका छन् । मुलुकमा व्याप्त चरम अव्यवस्थाको विरोधमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा जे जस्तो सफलता हासिल गर्न सफल भएको छ ।

साथै उसले जे जति मत समानुपातिकतर्फ हासिल गर्न सफल भएको छ त्यसबाट मुलुकमा गोलीको विद्रोह सट्टा मतपत्रमार्फत सफल एवं सशक्त विद्रोह गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भए जस्तो लाग्दछ । यसलाई कालो बादलमा चाँदीको घेराको रुपमा लिन सकिन्छ । मतपत्रमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको विद्रोहलाई २०२८ सालमा सम्पन्न राष्ट्रिय पञ्चायतको स्नातकतर्फको निर्वाचनमा त्यस बखतका हामी नयाँ पुस्ताले मतपत्रमार्फत गरेको शान्तपूर्वक विद्रोहको सम्झना गराइरहेको छ ।

स्मरण रहोस: कि त्यस बखत तत्कालीन सरकारले रामराजप्रसाद सिंहलगायतलाई मतदान नगर्न गरेको मौखिक आदेश र निर्देशलाई हामीले सिंहदरबार भित्रबाटै विद्रोह गरेर रामराजालगायतलाई स्नातकतर्फको निर्वाचनमा मत दिएर जिताएका थियौँ । यस परिवेश एवं भरखरै सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आर्जन गरेको विश्वास तथा सोविता गौतम र डा. तोसिमा कार्की जस्ता उम्मेदवारको विजयलाई आमजनताको हक र हितमा वास्तविक रुपमानै प्रतिनिधित्व तथा संरक्षण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र यसका नेता रवि लामिछाने चाहन्छन् भने लामिछाने र उनको पार्टीले अपववित्र तथा सिद्धान्तहीन गठबन्धनको सदस्य भएर सरकारमा जानु हुँदैन । बरु आम नेपालीका समस्यलाई सशक्त रुपमा संसद्मा उठाउने तथा आम नेपालीलाई गोलबद्ध बनाएर कुशासन र भ्रष्टाचार विरुद्धमा आवाज उठाउनु पर्दछ ।

साथै संवैधानिक तथा सार्वजनिक संयन्त्रलाई दलगत राजनीतिक पार्टीका भ्रातृ संस्था बन्नबाट रोक्ने कार्य गर्नु पर्दछ । समग्रमा लामिछानेको पार्टीले आफ्ना सिद्धन्त र प्रतिबद्धतालाई नेपाली समक्ष स्पष्टरुपमा पस्केर जिम्मेवार प्रतिपक्षको भूमिका निभाउनु पर्दछ ।

यसो गर्न सके लामिछाने पाँच वर्षपछि प्रधानमन्त्री हुने निश्चित छ । अन्यथा रवि लामिछाने पनि प्रचण्ड झैँ खस्कँदै जाने र जुन जोगी आए पनि कान चिरेका भन्ने भनाइका पात्र हुनेमा शंका छैन । निर्णय लामिछानेले गर्ने हो । हेर्दै जाउँ लामिछाने पनि कान चिरेका जोगी हुने कि पाँच वर्षपछि देशलाई हाँक्ने नेता ?

पूर्व सचिव द्वारिकानाथ ढुङ्गेलकाे फेसबुकबाट