२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०७२ सालको संविधान र विवेकहीन हामी नेपाली मतदाता



अ+ अ-

विसं २०७२ मा जारी भएको संविधानले नेपाल र नेपालीको हित गर्दैन र यसले मुलुकलाई ठुलै दुर्घटनातर्फ डोर्याउँदै छ भन्ने कुरा भरखर सम्पन्न आमचुनावले पनि देखाइदिएको छ ।

हालैमा सम्पन्न आम निर्वाचनले कायम रहेको राजनीतिक तरलताबाट मुलुकलाई निकास दिनुको सट्टा झनै तरलताको दलदलमा फसाउने स्पष्ट देखिएको छ । हामी नेपाली मतदाता पनि विवेकहीन नै हौँ । किनकी सबै दृष्टिकोणबाट मुलुकलाई असफल बनाएका, कुशासन तथा भ्रष्टाचारको दलदलमा फसाउने, सिद्धान्तहीन अपवित्र गठबन्धनका नायक एवं हार्ने डरले आफ्नो क्षेत्रबाट भागेकालाई छानी छानी हराउनुको सट्टा तिनैमध्ये अधिकांशलाई निर्वाचित गर्न पुग्यौँ । जिताउनु पर्नेलाई हरायौँ । यिनैको प्रतिफल एक पटक फेरि चरमसत्ता लिप्साबाट केन्द्रीत अपवित्र गठबन्धनबाट शासित हुन बाध्य हुनु पर्ने अवस्थामा पुगेका छौँ ।

यस्तोमा पनि सागर ढकाल जस्ता केही उम्मेदवार हारेर जितेका छन् । मुलुकमा व्याप्त चरम अव्यवस्थाको विरोधमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा जे जस्तो सफलता हासिल गर्न सफल भएको छ ।

साथै उसले जे जति मत समानुपातिकतर्फ हासिल गर्न सफल भएको छ त्यसबाट मुलुकमा गोलीको विद्रोह सट्टा मतपत्रमार्फत सफल एवं सशक्त विद्रोह गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भए जस्तो लाग्दछ । यसलाई कालो बादलमा चाँदीको घेराको रुपमा लिन सकिन्छ । मतपत्रमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको विद्रोहलाई २०२८ सालमा सम्पन्न राष्ट्रिय पञ्चायतको स्नातकतर्फको निर्वाचनमा त्यस बखतका हामी नयाँ पुस्ताले मतपत्रमार्फत गरेको शान्तपूर्वक विद्रोहको सम्झना गराइरहेको छ ।

स्मरण रहोस: कि त्यस बखत तत्कालीन सरकारले रामराजप्रसाद सिंहलगायतलाई मतदान नगर्न गरेको मौखिक आदेश र निर्देशलाई हामीले सिंहदरबार भित्रबाटै विद्रोह गरेर रामराजालगायतलाई स्नातकतर्फको निर्वाचनमा मत दिएर जिताएका थियौँ । यस परिवेश एवं भरखरै सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आर्जन गरेको विश्वास तथा सोविता गौतम र डा. तोसिमा कार्की जस्ता उम्मेदवारको विजयलाई आमजनताको हक र हितमा वास्तविक रुपमानै प्रतिनिधित्व तथा संरक्षण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र यसका नेता रवि लामिछाने चाहन्छन् भने लामिछाने र उनको पार्टीले अपववित्र तथा सिद्धान्तहीन गठबन्धनको सदस्य भएर सरकारमा जानु हुँदैन । बरु आम नेपालीका समस्यलाई सशक्त रुपमा संसद्मा उठाउने तथा आम नेपालीलाई गोलबद्ध बनाएर कुशासन र भ्रष्टाचार विरुद्धमा आवाज उठाउनु पर्दछ ।

साथै संवैधानिक तथा सार्वजनिक संयन्त्रलाई दलगत राजनीतिक पार्टीका भ्रातृ संस्था बन्नबाट रोक्ने कार्य गर्नु पर्दछ । समग्रमा लामिछानेको पार्टीले आफ्ना सिद्धन्त र प्रतिबद्धतालाई नेपाली समक्ष स्पष्टरुपमा पस्केर जिम्मेवार प्रतिपक्षको भूमिका निभाउनु पर्दछ ।

यसो गर्न सके लामिछाने पाँच वर्षपछि प्रधानमन्त्री हुने निश्चित छ । अन्यथा रवि लामिछाने पनि प्रचण्ड झैँ खस्कँदै जाने र जुन जोगी आए पनि कान चिरेका भन्ने भनाइका पात्र हुनेमा शंका छैन । निर्णय लामिछानेले गर्ने हो । हेर्दै जाउँ लामिछाने पनि कान चिरेका जोगी हुने कि पाँच वर्षपछि देशलाई हाँक्ने नेता ?

पूर्व सचिव द्वारिकानाथ ढुङ्गेलकाे फेसबुकबाट




भर्खरै